आरुषीको चुल्ठोमा लोभिएका शिखर गजरकोटे

    [likebtn]

    २८ जेठ, काठमाडौं । शिखर गजरकोटे पछिल्लो पुस्तामा चिनिएका गीतकारमा पर्छन् । उनले समयवोधको ख्याल गर्दै भित्रि भावबाट लेखेका पानी मीठो यारी खोलाको, पुर्बेली कान्छी, यो माया बैगुनी, पिरतिको साईनो तथा बार लाउ है मायाले आम श्रोताले मन पराएका शब्द हुन् ।

    एक सफल सञ्चारकर्मीको परिचय समेत स्थापित गर्न सफल शिखर गजरकोटे यसपाली भने हाल चलेकी मोडल आरुषी मगरको चुल्ठोमा लोभिएका छन् । आरुसी मगरको चुल्ठो प्रतिको यस्तो लोभ उनैको शब्दमा पछिल्लो पटक सार्वजनिक भएको गीत “चुल्ठो”मा देखिएको हो । यस गीतको भिडियोमा गीतकार चथा सञ्चारकर्मी शिखर गजरकोटे आरुसी मगरको साथमा अभिनयमा समेत देखिएका छन् भने उनले मगरलाई चुल्ठो बाट्न आग्रह गरेका छन् ।

     

    गीत संगीत उत्पादनको निरन्तरतामा आफ्नो छुट्टै परिचय स्थापित गरेर आम सर्जक तथा श्रष्टाको मन जित्न सफल पुर्वेली जुनतारा म्युजिक प्रा।लि।को प्रस्तुति रहेको यस गीतमा गायक तथा संगीतकार प्रियजन राईले लय दिएका छन् भने चर्चित गायक कृष्ण भक्त राईले स्वर दिएका छन् । प्रियजन राईकै निर्देशनमा जनकराज अधिकारीले छायाँकन गरेको भिडियोलाई मनिष कार्कीले सम्पादन गरेका छन् ।

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार