राजसागरको गजल गायन सम्पन्न

म्यूजिक खबर
प्रकाशित: १७ जेष्ठ २०७४, बुधबार

जेष्ठ १७, काठमाडौं । गायक राजसागरको एकल गजल गायन सम्पन्न भएको छ । डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यता एवं करुण थापाको आतिथ्यतामा सम्पन्न भएको उक्त गजल गायन कार्यक्रममा गायक राजसागरले दुई दर्जन गजलहरु प्रस्तुत गरेका थिए । होटल अर्याल बानेश्वरको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा ३ सयभन्दा बढीको उपस्थिति रहेको थियो । बेलुका ७ः३० बजेबाट सुरु भएको उक्त गजल गायन कार्यक्रम बेलुका १० बजेसम्म संचालन भएको थियो ।

raj sagar

उनले शितल कदम्बिनी, करुण थापा, घनश्याम पथिक, जय गौडेल, बिकास प्रहर लगायत एक दर्जनभन्दा बढि गजलकारहरुको गजल प्रस्तुत गरेका थिए । राज सागरले आफुले नै सङ्गीतबद्ध सम्पूर्ण गजलहरुलाई एकल गायनमा प्रस्तुत गरेका थिए । AUX Media ले गजल गायनलाई आयोजना गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु