• राजुको प्रेममा परिन आंचल (भिडियो सहित)

    म्यूजिक खवर
    प्रकाशित: ९ जेष्ठ २०७५, बुधबार

    जेठ-९, काठमाडौँ
    चर्चित नायिका आंचल शर्मा मोडल राजु ग्याबकको मायामा परेकी छिन्। सधै जसो पल शाह संग देखिने यी नायिका यसपाली भने मोडल राजु ग्याबकको मायामा चुर्लुम्म डुबेको कुरा बुधबार मात्र सार्वजनिक भएक हो ।

    राजुले अनायासै लाएको मायामा उनि असाध्यै डुबेको बुधबार सार्वजनिक एक भिडियोले पुष्टि गरेको छ। उनीहरुको मायाजालको भिडियो एकाएक चर्चामा आएको छ।

    बुधबार सार्वजनिक गायक सुनिल सिं ठकुरीको पछिल्लो गीत जानी नजानी लाएको मायाको म्युजिक भिडियोमा यी दुईको प्रेम छताछुल्ल भएको हो।

    ठकुरीको यस म्युजिक भिडियोमा मोडल राजु ग्यबक डनको भूमिकामा देखिएका छन् भने नायिका आंचल उनको प्रेममा चुर्लुम्म डुबेकी छिन्।

    रिलिजको केहि समयमै चर्चित बनेको म्युजिक भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् भने सुरेश नेपालीले छायांकन गरेका छन्।

    गायक टंक बुढाथोकीको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको यस म्युजिक भिडियोलाई दिपेन बस्नेतले सम्पादन गरेका हुन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु