• संगीतका पुजारी प्रेमध्वज

    म्यूजिक खवर
    प्रकाशित: २१ मंसिर २०७४, बिहीबार

     

    राम्रा र सच्चा कलाकारहरु मात्र हैन बाथरुम सिंगर पनि राम्रा मानिइएका छन् । पहिला हामीले रेडियोमा गीत गाउँदा पैसा पाउँथ्यौँ । अहिले उल्टै तिरेर आफ्नो गीत बजाउनुपर्छ । ९७ प्रतिशतले धमाधम पैसा दिएर गीत बजाउँछन् भन्ने सुन्छु म । र तिनै ९७ प्रतिशतले नै सबैतिर ढाकीदिए । चिच्याइ चिच्याई, एउटै शब्द दोहोर्याइ दोहो¥याइकन गाउने चलन खुबै बढेको छ, नेपाल र भारत दुबै देशमा । अस्ति मैले एउटा गीतमा कतिपटक दोहो¥याउँछ भनेर गने, ४६ पल्ट एउटै लाइन दोहोरिएको थियो त्यसमा । अहिलेका श्रोताहरुले राम्रा गीत संगीत सुन्न पाएनन् । यो प्रवृत्तिमा कहिले सुधार आउला ? पहिलेको तुलनामा आजकाल गीतको शब्द पनि राम्रा छैनन् ।

     

    कैलाश राई/म्यूजिकखबर



    मैले सयभन्दा बढी नेवारी, हजार भन्दा बढी नेपाली र तीसवटा जति भजन गाएँ ।  मसँग धेरै तीतामिठा अनुभवहरु छन् । म छोटो छोटो रुपमा यहाँ राख्छु ।

    संगीत बचपनः
    साँगीतिक माहोलमा म हुर्के । जुजुबाजे र बाजे शास्त्रीय संगीतमा सोखिन र मेरी आमा संगीतमा झुकाव राख्नुहुन्थ्यो । मूल घर सिन्धुपाल्चोक, मामाली काठमाडौँ असन टोल भएकोले म उता र एता सरोबरी हुर्के । राजा त्रिभुवनको पालामा केटीहरु दरबारमा राख्ने चलन थियो । त्यसबेला मनोरञ्जनका साधन गीतसंगीत नै हुन्थ्यो । आमा १० वर्षको उमेरमा दरबार जानुभयो । त्यहाँभित्र नाचगाना सिकाइन्थ्यो उस्तादद्वारा, त्यही समूहमा आमाले पनि सिक्नुभो । २००७ सालमा आमाले ६ महिनाजति रेडियो नेपालमा गीत गाउनुभो आफ्नै र भैरवको संंगीतमा । त्यसपछि उहाँले गाउन छाड्नुभो ।
    बुबा र आमाको प्रेम विवाह भएको थियो । आमा तुलाधार, बुबा प्रधान । बाजेहरु कन्जरभेटिभ भएकोले जातपातको आडमा बुबाको अर्को बिहे गराइदिनुभो, मास्के थरको । २००१ सालमा म ८ वर्षको हुँदा आमा र बुबाको डिभोर्स भयो । आमा एउटा सानो कोठामा डेरा लिएर बस्नथाल्नुभो । उहाँको माइतीमा पनि कोही बाँकी थिएनन्, सबै स्वर्गीय भइसक्नुभएको । म एक्लो छोरो, एता न उता परे । कहिले आमाकोमा, कहिले बाबाकोमा बस्ने गर्थे । न्यू रोडमा बाबाको कपडा पसल थियो । दिनभरी म त्यहाँ बस्थे । बाँकी समय आमासँग बस्थे र गाउने काम जति आमाकोमै गर्थे । आमाको सानो कोठामा त्यत्तिबेला संगीतमा सोखिन नारायण गोपाल, मानिकरत्न, किरण खरेललगायतकाहरुको जमघट हुन्थ्यो । ८ वर्षकै उमेरमा क, ख सिक्न थाले मखनटोलकै मास्टरकोमा । त्यसपछि दरबार हाइस्कूलमा बेलुकीपख पढ्न थाले । पसल र स्कूलबाहेकको समयमा म आमाकोमा संगीत सिक्ने गर्थे । त्रिताल, दादरा, कहरवा तालमा तबला बजाउन आमाबाटै सिके मैले ।
    राजा त्रिभुवनको पालामा केटीहरु दरबारमा राख्ने चलन थियो । त्यसबेला मनोरञ्जनका साधन गीतसंगीत नै हुन्थ्यो । आमा १० वर्षको उमेरमा दरबार जानुभयो । त्यहाँभित्र नाचगाना सिकाइन्थ्यो


    नेपाली गीतको शुरुआतः
    हामी त्यत्तिबेलाका सबै कलाकारहरु भारतीय गीत संगीतबाटै प्रभावित थियौँ । रेडियो सुन्दा एकदमै सानो आवाजमा सुन्नुपथ्र्यो । राणाहरुले थाहा पाए भने खोसेर लान्थे । त्यसबेलाको संगीत भनेको रेडियो सुनेकै भरमा टोलटोलमा भजन गाउने नै हो । ती सबै हिन्दी हुन्थे । इन्द्रजात्रामा ज्यापु नाच हुन्थ्यो डबलीमा । त्यसमा नाटक पनि हुन्थ्यो । र, कलाकार आफैले गीत पनि गाउँथे । टोलटोलमा गीत संगीत गर्दै हिड्थ्यौँ हामी रमाइलो र सोखको लागि । काठमाडौँमा बसेर हामीले जानेबुझेको गीतसंगीत त्यत्ति नै थियो त्योबेला ।
    २००६ सालमा प्रजातन्त्र ल्याउने संघर्ष शुरु भएपछि बिराटनगरबाट रेडियो प्रसारण शुरु भयो । त्यसमा अनेकखालका गीत सुनिन्थ्यो । मार्चिंग जस्तो खालको गीत पनि सुनियो । जब काठमाडौँबाट रेडियो नेपाल शुरु भयो, २००७ साल माघमा । नातीकाजी, तारादेवीलगायतकाहरुले हिन्दी गीत नै गाउनुभएको थियो । २००८ सालदेखि नेपाली गीत आउन थाल्यो । २००८ मा उस्ताद भैरव बहादुर थापाको कम्पोजमा ६ वटा नेपाली गीत सुन्न पाउँदा खुबै राम्रो लागेको थियो । अझ त्यो भन्दापनि ए, नेपाली गीत नि हुँदोरैछ ! भन्ने लागेको थियो ।

    रेडियो नेपालमा मः
    २००९ सालमा प्रत्येक आइतबार रेडियो नेपालमा भ्वाइस टेस्ट हुन्छ भन्ने सुने । म गए । स्टुडियोमा एउटा माइक झुण्ड्याइएको, माइक अगाडि उभिएर औरत भन्ने फिल्मको किसिने मुझको अपना बनाया भन्ने गाउँदै थियो । त्यो देखेपछि मलाई पनि भ्वाइस टेस्ट दिन मन लाग्यो । नाम लेखाए । आमाको डेरा विश्वज्योति हलसँगै थियो । त्यहाँ लाग्ने फिल्मको गीत सबै सुनिन्थ्यो कोठैबाट । त्यसरी सुनेको हिन्दी फिल्मको गीत दिल ये नादान गाए टेष्टमा । ४ दिनपछि जाँदा क श्रेणीमा पास भएको थाहा पाएँ । त्यसपछि प्रोत्साहित भएर म राम्रोसँग संगीतमा लागे ।
    पास भएपछि महिनामा २, ३ वटा गीत गाउन दिन्थ्यो करारनामा बनाएरै । उनीहरुले खबर गरेपछि १, २ घण्टा अगाडि पुग्यो, तयारी गरेपछि लाइभ गाउँथ्यौँ हामी । गाएवापत क श्रेणीलाई १०, ख लाई ८ र ग लाई ५ रुपैयाँ पारिश्रमिक दिन्थ्यो । पारिश्रमिकमा पाएको पैसा १ रुपैया म आफैँ राख्थे र बाँकी आमालाई दिन्थे । वर्षको डेराभाडा सय रुपैया तिर्नुपथ्र्यो आमाले । आमालाई पैसाको खाँचो थियो । आफूसँग राखेको चाहिँ १ रुपैया पनि खर्च नै हुन्थेन त्यसबेला । चियाको चलन आकै थिएन । बल्ल १४ सालदेखि शुरु भयो, जुन १० पैसा कप थियो ।


    रेकर्डिङ अनुभवः
    २०१३÷१४ सालतिर होला, रेकर्डिङ मेसिन डोनेसनमा आयो । त्यसभन्दा अघिसम्म हामी कसैले पनि आफ्नो स्वर आफैले सुन्न पाएकै थिएनौँ । रेकर्ड गर्ने, आफ्नो गीत आफैले सुन्न पाउने भन्ने लागेर हामी खूब हौसियौँ । पहिलोपल्ट रेकर्ड गरेर सुनेको भूपी शेरचनको गीत नातीकाजीको संगीतमा यो नेपाली शीर उचाली भन्ने गीत हो । रेकर्डिङको विकास हुँदै गयो । २०२३ सालमा नेपालमै रेकडिंग सिष्टम शुरुभो । तिमीलाई अचेल कहाँ भेटु भन्ने गीत २०४५ मा रेकर्ड भएको थियो, गगन विरहीको शब्द, राम थापाको संगीतमा । त्यो गीत २०४८ मा निकै बजेको थियो । २०४८ सालसम्म रेकर्ड भएका गीतहरु नै नेपाली संगीतमा कालजयी भए ।
    तारादेवी र म रेकर्डिङको तयारीमा माइकमा एता र उता थियौँ । संगीत यति ठूलो बज्यो कि हामीले आफ्नै स्वर सुनेनौँ । रेकर्डिस्टले तपाईहरुको स्वर सुनिन्छ गाउँनुस् भने । हामी हाँस्यौँ । त्यसबेला कि रेडियो नेपाल, कि बाहिरै जानुपथ्र्यो रेकडिंगको लागि । माया नमार मायालु, तिमी आयौँ दिलमालगायतका ४ वटा गीत बोकेर म कलकत्ता गए, रेकर्डको लागि । संगीतको लागि आवश्यक त्यही मिलाइदिन्थे । आफूले रेकर्ड भएपछि किन्नुपथ्र्यो । मैले ८ सय भारु बोकेर गए । रेकर्ड यहाँ ल्याएपछि ५, ५ रुपैयामा बेचिदिएँ । पैसा कमाउनको लागि भन्दा पनि रेकर्ड गराएँ भनेर सबैलाई देखाउनुथियो । त्यसबेला नेपाली आधुनिक गीतलाई दरबारबाटै राजा रानीले प्राथमिकता दिने गर्थे । नेपाली आधुनिक गीत रेकडिंगको लागि गायकगायिका, संगीतकारहरुलाई भारत पनि पठाउँने गर्थे । रानी रत्नको नाममा २० हजार दिएको पैसाले नेपालमै इन्द्रेणी रेकर्ड स्थापना गरिएको थियो । उत्तमलाल श्रेष्ठ त्यसको हेड हुनुहुन्थ्यो । पछि गएर त्यसैलाई रत्न रेकडिंग बनाइयो ।

    गिटारसँगै स्टेजमाः
    अमेरिकाबाट चारजना फोक सिंगरहरु आएका थिए । उनीहरु स्टेजमा उभिएर मजाले गिटार बजाउँदै गाएको मैले देखे । बडो मजा लाग्यो । टाइमिंग पनि आफैले मिलाउन सकिने । एक्लैले पर्फमेन्स दिन नि सकिने । गिटार भएपछि अरु बाजागाजा नभएनि हुने देखेँ मैले । त्यसअघि राम्रोसँग गिटार देखेकै थिएनौँ हामी कलाकारहरुले । उनीहरुलाई देखेपछि मेरो चाख बढ्यो गिटारतिर ।
    इश्वर दाई अमेरिका जाँदाखेरी मैले उहाँसँगै गिटार मगाए, २ सय रुपैया दिएर । मलाई केही थाहा थिएन । मनमा चाहिँ एकदम हतार छ गिटार बजाउन । त्यत्तिबेला रामशरण दर्नाल रेडियो नेपालमा हुनुहुन्छ भन्ने थाहा थियो, उहाँसँग सोधे । उहाँले ४ महिना सिकाउनुभो, सिर्फ माइनर, मेजर कर्ड सिकाउनु भयो । त्यसैको भरमा मैले धेरै गीत कम्पोज गरे । सिकेको एकवर्षपछि २०२० सालमा आधुनिक गीत प्रतिस्पर्धा भयो राष्ट्रिय नाचघरमा । मैले त्यसमा भाग लिएँ । गोरेटो त्यो गाउँको भन्ने भर्खर रेकर्ड गरेको थेँ । स्टेजमा गएर त्यही गीत गिटार बजाएर गाइदिए । ४ सय जति मान्छे अट्थ्यो त्यहाँ । त्यसबेलाका राम्रा राम्रा गायकगायिकाहरु सबैले भाग लिएका थिए त्यसमा । म पहिलो भए । राजा महेन्द्रले सुनले पोतेको सानो मेडल लाइदिएको थियोे । त्यसबेला त्यो भन्दा ठूलो कुरो अरु केही हुन्थेन ।

    मातृभाषामा गीतः
    आजकाल आआफ्नै भाषाको गीत संगीत निकै मौलाएको छ । कलाकारले एउटै खालको गाउनुभन्दा सबै खालको गीतहरु गाउनुपर्छ । भर्सटाइल हुनुपर्छ ।
    त्रिचन्द्रमा पढ्दा पहिलो नेवारी गीत गाएँ मैले । राजमति कुमति भन्ने गीत २०२२ सालमा गाएको थिएँ । मैले सय भन्दा बढी नेवारी गीतहरु गाएको छु । किच नामक नेवारी गीतको एल्बम पनि निकाले । त्यसबेला हामी पाटनमा नेवारी गीत संगीत कार्यक्रम गथ्र्यौ । विभिन्न जात्राहरुमा गीत संगीत गथ्र्यौ । प्रतियोगिता राख्थ्यौँ, म पनि जज भएर बसे थुप्रैचोटि । आजकाल आआफ्नै भाषाको गीत संगीत निकै मौलाएको छ । कलाकारले एउटै खालको गाउनुभन्दा सबै खालको गीतहरु गाउनुपर्छ । भर्सटाइल हुनुपर्छ । पहिला काठमाडौँ, भक्तपुर र ललितपुरमा सांगीतिक माहौल राम्रो थियो, नेवारी गीतसंगीत खूब चल्थ्यो । अहिले पनि चल्छ । तर भक्तपुर र काठमाडौँको तुलनामा पाटन भनौँ या ललितपुर निकै अगाडि छ । त्यहाँका मानिसहरु आफ्नो मातृभाषामा गीत संगीत सिर्जना गर्न तत्पर र सोखिन देखिन्छन् ।


    फिल्मी गीत आर बाबा शहरः
    मैले माइतीघर, जीवनरेखा, मायालु, बद्लिदो आकाश, जीवन संघर्षलगायत जम्मा ९ वटा फिल्ममा गीत गाएँ । तर मैले कहिल्यै पैसा मागिन । मागुँ पनि कसरी ? उनीहरुले यहाँबाट बम्बईसम्म लान्थे । प्लेन चढाउँथे, खुवाउँथे, बसाउँथे । पैसा माग्नै कुरै आउँथेन । अन्याय भन्ने फिल्मको रेकडिंग चाहिँ यहि नेपालमा भएको थियो । त्यसबेला ट्रयाक सिष्टम आइसकेको थियो हामीकहाँ । पहिलादेखि नै पैसा नलिएको हुनाले पछिल्लो समयमा सांगीतिक क्षेत्र व्यवसायिक भइसक्दा पनि पैसा माग्ने आँटै आएन मलाई ।
    भारतका संगीतकार जयदेव नेपाल आएका बेला मलाई बोलाइयो । मैले हिन्दी गीत गाइदिए । भोलिपल्ट मलाई बम्बई लाने भनेपछि म दंग परे । मैले अफिसबाट १ महिनाको छुट्टि लिएर गएँ । जयदेवजी बस्ने नजिकै होटलमा म बसे । त्यसबेला भारतका धेरै गायक गायिका, संगीतकारहरुसँग मेरो भेट भयो । त्यही बेला माइतीघर फिल्मको लागि गीत रेकडिंग पनि गरे । मसँगै डुयट गीत गाउने कलाकारहरुलाई नेपाली उच्चारण गर्न सिकाएँ । आशा भोस्ले एकजना हुनुहुन्थ्यो त्यसरी मैले सिकाएकोमध्येमा । मैले चाहिँ त्यहाँ बसुञ्जेल जयदेवसँग सुगम संगीत सिके ।
    नमान लाज यस्तरी भन्ने गीत उषा मंगेशकरसँग गायौँ । एयरफोन भन्ने त्यहीबेला त्यही सुनेथे । उषा र म सँगै थियौँ रेकडिंगमा । पहिलो रेकर्डिङ थियो त्यो मेरो । नर्भस थिइन । तर म्युजिसियनहरु साह्रै तगडा । बासुरी यति मिठो सुनियो कि त्यतातिर मेरो ध्यान जान्थ्यो । त्यहीबेला दुईचोटि बिग्रियो । बम्बईमा पुगेपछि मैले धेरै कुरा देखे, अनुभव गरे र सिके । मुख्य त त्यहाँ पुगेपछि पढ्नुपर्ने रैछ भन्ने मनमा लाग्यो । त्यहाँबाट फर्केपछि मैले बीचमै छुटेको पढाई पुनः गाँसे ।

    जागिरे जीवनः
    आमा बुबा छुटेको हुनाले म आफै पालिनुपर्ने थियो । आमालाई पनि पैसाको उत्तिकै दुःख हुन्थ्यो । बुबाले हप्ताको जम्मा ५ पैसा दिनुहुन्थ्यो । रेडियो नेपालमा नातीकाजी दाईहरु हुनुहुन्थ्यो, उहाँको तलब सय रुपैया थियो । गीत गाएवापत पाउँनेबाहेक मेरो तलब थिएन । त्यसबेला मैले ट्यूसन पढाए तीन ठाउँमा । १२ रुपैया लिन्थे । त्यसरी दुई महिना बित्यो । तर त्यसपछिको पैसाको गर्जो त टार्नै पर्यो । त्रिचन्द्रमा आइएसी पढ्दापढ्दै छाडेर जागिरको खोजीमा लागे । त्यसबेला म २२ वर्षको थिएँ । आमाको लागि केही गर्नुपर्छ भन्ने लाग्यो ।
    जागिर खोज्दै अमेरिकन लाइब्रेरीमा पुगे । त्यहाँ अहिले काम छैन पछि आउनु भन्ने जवाफ पाए । मलाई टाइपिंग आउँथ्यो र उनीहरुको ह्याण्डराइटिंग पनि राम्रोसँग बुझ्थे । मैले शुरुमा बिना पैसा टाइप र फाइलिंग गरे । पछि त्यही नोकरी लाग्यो । त्यहाँ मैले काम गर्न थालेपछि पैसाको जोहो भयो । त्यसले गर्दा पनि मलाई संगीतको अम्मललाई थेग्न सजिलो भयो । किनकी हामी पैसाको लागि गीत संगीतमा लागेका थिएनौँ । त्यो सोख थियो, अझ अम्मलै थियो र सबैको मनोरञ्जनको एकमात्र माध्यम पनि । मैले अमेरिकन लाइब्रेरीमा ३३ वर्ष काम गरे । ५५ वर्षको उमेरमा रिटायर्ड भए ।
    बुबा बितेपछि घरायसी समस्याले गर्दा मेरो धेरै समय र ध्यान त्यतातिरै गयो । म आमासँगै बसेको हुनाले काकाहरुले छोरै हैन भन्थे । जग्गा जमिनलाई लिएर लामो समय मुद्दा चल्यो । मुद्दा खेप्दाखेरी मैले भनेजस्तो संगीतमा समय दिन सकिन । जे होस् अन्तमा मुद्दा जितियो । दुःखले घेरेपछि एकचोटि त अमेरिका पसु कि भन्ने पनि मनमा लागेको थियो । तर जे जस्तो दुःख आइपरेपनि संगीतले मल्हमको काम गथ्र्यो । जस्तोसुकै आपतमा पनि मलाई संगीतले नै सन्तोष दिन्थ्यो ।

    आजकलको माहोलः
    उबेला हेरिकन अहिले गीतसंगीत एकदम विस्तारित भइसकेको छ । २०५० सालमा ट्रयाक सिष्टम भित्रिएपछि संगीतमा नयाँ मोड आयो । पहिला हामी लाइभ गाउँथ्यौँ । पहिला सीमित कलाकारहरु थियौँ । अहिले लाखौँको संख्यामा पुगिसक्यो । अहिले एक किसिमले राम्रो पनि छ र नराम्रो पनि छ । आजकलका गीत संगीत राम्रा त छन् तर धेरैजसो मनभित्र पस्दैनन् । अहिले लाइफ फास्ट छ । सबैकुरा फास्ट छ ।
    उबेला हेरिकन अहिले गीतसंगीत एकदम विस्तारित भइसकेको छ । २०५० सालमा ट्रयाक सिष्टम भित्रिएपछि संगीतमा नयाँ मोड आयो । पहिला हामी लाइभ गाउँथ्यौँ । ट्रयाक सिष्टम भएपछि धेरै सजिलो भयो । पटकपटक एउटै गीतलाई गाउन थालियो । पहिला सीमित कलाकारहरु थियौँ । अहिले लाखौँको संख्यामा पुगिसक्यो । अहिले एक किसिमले राम्रो पनि छ र नराम्रो पनि छ । आजकलका गीत संगीत राम्रा त छन् तर धेरैजसो मनभित्र पस्दैनन् । अहिले लाइफ फास्ट छ । सबैकुरा फास्ट छ ।
    राम्रा र सच्चा कलाकारहरु मात्र हैन बाथरुम सिंगर पनि राम्रा मानिइएका छन् । पहिला हामीले रेडियोमा गीत गाउँदा पैसा पाउँथ्यौँ । अहिले उल्टै तिरेर आफ्नो गीत बजाउनुपर्छ । ९७ प्रतिशतले धमाधम पैसा दिएर गीत बजाउँछन् भन्ने सुन्छु म । र तिनै ९७ प्रतिशतले नै सबैतिर ढाकीदिए । चिच्याइ चिच्याई, एउटै शब्द दोहोर्याइ दोहो¥याइकन गाउने चलन खुबै बढेको छ, नेपाल र भारत दुबै देशमा । अस्ति मैले एउटा गीतमा कतिपटक दोहो¥याउँछ भनेर गने, ४६ पल्ट एउटै लाइन दोहोरिएको थियो त्यसमा । अहिलेका श्रोताहरुले राम्रा गीत संगीत सुन्न पाएनन् । यो प्रवृत्तिमा कहिले सुधार आउला ? पहिलेको तुलनामा आजकाल गीतको शब्द पनि राम्रा छैनन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु