¥याण्डमको हिरक शृङ्खलामा धराबासी आउने

म्यूजिक खबर
प्रकाशित: २९ असार २०७४, बिहीबार

पोखरा, असार २९ गते । ¥याण्डम रिडर्स सोसाइटीको ७५ औँ विशेष शृङ्खलामा साहित्यकार कृष्ण धराबासी आउनुहुने भएको छ । सोसाइटीको नियमित मासिक पुस्तक परिचर्चाको आगामी असार ३१ गते शनिबार क्याफे डे गार्डेनमा हुने हिरक शृङ्खलामा धराबासी आउने कार्यव्रmम तय भएको हो । सो अवसरमा धराबासीको ‘लीलाबोध’ नामक किताबको परिचर्चा हुने सोसाइटीले जनाएको छ । लीला लेखनसम्बन्धी दर्शन र लीलामा आधारित निबन्धहरुको सङ्ग्रह लीलाबोधमाथि साहित्यकार तथा समालोचक सुन्दर मानन्धरले चर्चा चलाउनुहुने सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिनुभयो ।

dharabasi1
सोसाइटीको पहिलो कार्यव्रmममा पनि आफ्नो किताब ‘टुँडाल’को परिचर्चामा आउनुभएका धराबासी हिरक शृङ्खलामा पनि पोखरा निम्त्याइनुभएको हो । ‘फेरि पनि पोखरा आउन पाउँदा खुसी छु’ धराबासीले भन्नुभयो, ‘मेरा पाठकहरुमाझ अमेरिका र नेपालमा बसेर साहित्य सिर्जना गर्दाका अनुभवसहित नेपालका मौलिक दर्शनहरुबारे आफ्ना धारणा राख्ने छु ।’ विगत केही समयदेखि संयुक्त राज्य अमेरिका बस्दै आउनुभएका धराबासीले नेपाल आएका बेला लीलाबोधसहित केही पुस्तक बजारमा ल्याएर पुनः अमेरिका फर्कँदै हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु