¥याण्डममा धराबासीको लीलाको चर्चा

म्यूजिक खबर
प्रकाशित: १ श्रावण २०७४, आईतवार

असार ३१, पोखरा । ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालको हिरक शृङ्खलामा शनिबार कृष्ण धराबासीको कृति लीलाबोधमाथि परिचर्चा गरिएको छ ।

सोसाइटीको ७५ औँ शृङ्खलामा लीला लेखनबारे लेखिएको धराबासीको सो कृतिमाथि परिचर्चा गर्दै साहित्यकार तथा समालोचक सुन्दर मानन्धरले लीला लेखन बुझ्नका लागि सरल किताब नै लीलाबोध भएको भएको बताए । मानिसको ज्ञान एक पक्षीय हुने बताउँदै मानन्धरले कुनै पनि विषय, वस्तु, पदार्थ वा जीवनलाई पूर्ण रुपमा बुझ्न असमर्थ हुने बताए । इन्द्रबहादुर राईले प्रतिपादन गरेका लीला लेखनलाई धराबासीले नेपाली साहित्यमा व्यापकता दिएको भन्दै उनले लीलाबारे बुझ्न चाहने सबैका लागि कृति आधिकारिक ग्रन्थ भएको जिकिर गरे ।

rando

लेखक धराबासीले लीला रुपहरुको खेला भएको बताए । हरेक व्यक्ति, वस्तु वा पदार्थको रुपलाई स्विकार गर्ने हो भने विश्वमा हुने द्वन्द्व अन्त्य हुने बताउँदै उनले बुद्धिलाई मनको तहमा पु¥याउन सक्नु नै बोध भएको बताए । जसलाई लीला बोध हुन्छ, उसमा नकारात्मकता स्वतः हटेर जाने धराबासीको भनाइ थियो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले लीला पनि नेपाली साहित्यको एक महत्वपूर्ण आयाम भएको बताउँदै हरेक सिद्धान्तमा वैचारिक स्पष्टता हुनुपर्ने बताए ।

सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा सोसाइटीको स्थापनाकालदेखि विभिन्न पदमा रहेर योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको थियो । सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा पुस्तक छनोट समितिकी संयोजक सरस्वती प्रतीक्षाले आगामी साउनको २८ गते नेपाली चलचित्रमा मौलिकताका विषयमा नवीन सुब्बाले अवधारणा पत्र प्रस्तुत गर्ने जानकारी दिए ।

कार्यव्रmममा सरस्वती श्रेष्ठ सरु, लोचना अधिकारी, लक्ष्मीशरण उपाध्याय, शशिधर बराल, सुदर्शन पौडेल, रघुनाथ अधिकारी, जनार्दन दाहाल, दीपक पराजुली, डा. विष्णु पौडेल, प्रतिभा शर्मा, नेपालप्रकाश अधिकारी, अमृत क्षेत्रीलगायतले टिप्पणी गर्नुभएको थियो । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु