अनिलले नौ वर्षपछि एकसाथ दुई एल्बम सार्वजनिक गरे

म्यूजिक खबर
प्रकाशित: ३ बैशाख २०७५, सोमबार


काठमाडौं– गायक तथा संगीतकार अनिल लामाले नौ वर्ष पछि एकसाथ दुई एल्बम ‘माउन्छेन हर्ट’ र ‘लभ वेज’ श्रोतादर्शकमाझ ल्याएका छन् । राजधानीमा आयोजित कार्यक्रममा सांसद जीपछिरिङ सेर्पा, पुर्वसांसद तिर्थ लामा, कलाकार रोज मोत्तान, इन्दिरा गोले, शशिकला मोत्तानलगायतले एल्बमको सामुहिक विमोचन गरेका हुन् ।

 

विमोचित एल्बम ‘लभ वेज’मा टिका बोम्जनको शब्द तथा संगीतमा चारवटा गीत समेटिएका छन् । पछिल्लो समय चल्तीमा रहेका संगीतकार बोम्जनले एल्बमका गीत श्रवणीय रहेको बताए । त्यसैगरी माउन्टेन हर्टमा ‘बुत्तचित्त फल्ने तिमालमा’, ‘देखें तिमीलाई देखें’, ‘निरास नहोउ तिमी’ र ‘म छु तिम्रो साथमा’मा गरी चारवटा गीत समेटिएका छन् ।

 

चारमध्ये एउटा गीतमा सुवास राई ‘क्याप्टेन’को शब्द तथा संगीत समेटिएको छ भने बाँकी तीनवटा गीतमा अनिलकै शब्द संगीत रहेको छ । २०५७ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेपछि गायन तथा संगीत सिर्जनालाई निरन्तरता दिँदै आएका अनिलका यसअघि तृष्णा, एकादेश, पिरतीको जालो र आभास गरी चारवटा एल्बम श्रोता दर्शकमाझ आइसकेका छन् ।

 

व्यावसायीक रुपमा संगीतमा लागेका लामाको स्वर तथा संगीत विभिन्न कलेक्सन एल्बममा समेत आइसकेका छन् । विमोचन समारोहमा दुई एल्बमका एक एक गीत ‘बुद्धचित्त फल्ने तिमालमा’ र ‘सैलुङे गाउँकी मैच्याङलाई’ गरी दुई वटा गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । लामो समयको अन्तरालपछि श्रोतादर्शकमाझ आएका दुई एल्बमले आफ्नो सांगीतिक यात्रालाई उचाईमा पु¥याउने विश्वास व्यक्त गरे ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु