अनिल खनालको गीतकार बाट संगीतकारमा फड्को, ल्याए घुटु घुटु !

म्यूजिक खबर
प्रकाशित: ४ असार २०७५, सोमबार

असार ४, काठमाडौं । नेपाली गीत सांगीतिक क्षेत्रमा गीति लेखनका माध्यमबाट परिचित बनेका गीतकार हुन् अनिल खनाल । यतिबेला उनै अनिल खनालले संगीतमा पनि फड्को मारेका छन् ।

भर्खरै मात्र सार्वजनिक भएको ‘घुटु घुटु’ बोलको गीतमा खनालको शब्द सँगै संगीत समेत भरेका छन् ।

‘घुटु घुटु’ गीतमा शितलराज पाण्डे र टिका प्रसाइको स्वर रहेको छ । गीतको म्युजिक भिडियोलाई अनिल राईले निर्देशन गरेका हुन् ।

युविन ढुंगाना र रजिना महर्जनले मोडलिङ गरेको गितलाई विनोद बमले सम्पादन गरेका छन् ।
भिडियो हेर्नुहोस् :

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु