अनुले नाइ भनेपछि पूजनालाई चौका

म्यूजिक खबर
प्रकाशित: २५ बैशाख २०७१, बिहीबार

काठमाडौं, २५ बैशाख । नायिका अनु शाह मेही चलचित्रका अलावा धेरै म्यूजिक भिडियोमा व्यस्त छिन् । तर उनले लोकदोहोरी म्यूजिक भिडियोको लागि कुरा गर्दा लोक दोहोरी ? भन्ने प्रश्न गर्दै सोच्नुपर्छ भन्ने शब्द प्रयोग गरेपछि उनको सट्टामा नायिका पूजना स्त्रीलाई लिएर गीतकार शिव सुवेदीले म्यूजिक भिडियो निर्माण गरेका छन् । घामजस्तो चम्किलो, किन यस्तो हुन्छ जस्ता चर्चित गीत दिन सफल शिव सुवेदीले पछिल्लो समयमा मेरो आधा जिन्दगी यसरी नै गयो बोलको गीतलाई बजारमा ल्याउने क्रममा म्यूजिक भिडियो निर्माण गरेका हुन् ।
पछिल्लो समयमा चलचित्रका नायकनायिका प्रायजसो लोकदोहोरी म्यूजिक भिडियोमा आकर्षित भइरहेका छन् । नायिका पूजना स्त्रीले त अझ धेरै लोकदोहोरी म्यूजिक भिडियोमा अभिनय गरेकी छन् । कलाकारितामा लागेपछि म्यूजिक भिडियो र चलचित्र भन्नु हुँदैन भन्ने मान्यताका साथ लागेका पूजनाले खेलेको उक्त म्यूजिक भिडियो अब छिट्टै नै सार्वजनिक गरिँदैछ । पुष्पाञ्जली म्यूजिकको प्रस्तुतिमा शिव सुवेदीको शब्द र लयमा तयार भएको मेरो आधा जिन्दगी यसरी नै गयो… लाई कुलेन्द्र विक र पूर्णकला बिसीले स्वर दिएका छन् । उक्त म्यूजिक भिडियामो पूजनाको साथमा महेन्द्रा गौतमले अभिनय गरेका छन् भने यसको निर्देशन कपिल लामाले गरेका हुन् । राजेश घिमिरेको छायाँकनमा तयार भएको उक्त म्यूजिक भिडियोलाई गोदाबरीको रमणीय दृश्यमा खिचिएको हो ।
हासो खुसि छ तिम्रै हातमा एक्लै रम्न सकेन यो आत्मा ..
हरेक पलमा देख्ने मन भेट्ने मन यस्ता रहर कति छन् कति छन्
गीत :मेरो आधा जिन्दगी यसरी नै गयो …
शब्द संगीत :शिब सुबेदी
स्वर : कुलेंद्र बिक पूर्णकला बि सी
उत्पादक : पुष्पान्जली म्युजिक प्रा लि
Crbt :0130045487
Prbt :60451707

vlcsnap-2014-05-07-23h34m34s54 vlcsnap-2014-05-07-23h33m56s171

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु