अन्तिम चरणमा यो कथा हो तिम्रो मेरो

म्यूजिक खबर
प्रकाशित: ३० पुष २०७०, मंगलवार

काठमाडौं, ३० पुस । ओम प्रतीकद्वारा निर्देशित चलचित्र यो कथा हो तिम्रो मेरोको पोष्ट प्रोडक्सनको काम सकेर अन्तिम चरणमा पुगेको छ । महत्वकांक्षी प्रोजेक्टका रुपमा लिइएको चलचित्र यो कथा हो तिम्रो मेरोलाई ओम प्रतीकले नै लेखेका हुन् । यस चलचित्रमा सामाजिक सन्देश दिन खोजिएको छ, संस्कारका बारेमा समाजमा सन्देश दिने खालको चलचित्र निर्माण भएको निर्देशक प्रतीकले बताए । रिस्ता बस्नेत, रवि कार्की, ओम प्रतीक, रुवी राणा, गणेश उप्रेती लगायतले अभिनय गरेको यस चलचित्रमा सुरेश बज्राचार्यको छायाँकन रहेको छ । विकास चौधरीको संगीत रहेको यस चलचित्रमा शंकर अधिकारीले गीत लेखेका छन् ।
द फ्रेम क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्र यो कथा हो तिम्रो मेरोको निर्माता भने रमेश प्रजापति हुन् भने निर्माण सहयोगीका रुपमा राम बुढाथोकी रहेका छन् । चलचित्रले आफ्नो सम्पूर्ण कार्य सकेर अब छिट्टै नै पब्लिसिटीतर्फ जाने निर्माण युनिटले बताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु