अप्सराले कसम खाएपछि…

म्यूजिक खबर
प्रकाशित: ३२ असार २०७१, बुधबार

काठमाडौं, ३२ असार । गायिका अप्सरा घिमिरेले कसम खाएपछि यतिबेला सांगीतिक क्षेत्रमा हल्ला मच्चिएको छ । छोड्न सकिन साथ तिम्रो माया पाएपछि, तोड्न चाहिन बाचाहरु कसम खाएपछि भन्दै अप्सरा घिमिरेले आफ्नो स्वरलाई स्रोताहरुको माझमा ल्याएकी छिन् । कसम खाएपछिको म्यूजिक भिडियो यतिखेर यूट्यूबमा राम्रोसँग डाउनलोड हुने क्रममा छ । गीतकार संघ नेपालका अध्यक्षसमेत रहेका पछिल्लो समयका चर्चित गीतकार योगेन्द्रमणी दाहालको शब्दमा कल्याण सिंहको संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोलाई दिपेन्द्रराज डंगोलले निर्देशन गरेका हुन् ।

[youtube]https://www.youtube.com/watch?v=O4pQTzOaW2o[/youtube]

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु