अभिनेत्री किस्मत बेगको गोली हानी हत्या

म्यूजिक खबर
प्रकाशित: १२ मंसिर २०७३, आईतवार

एजेन्सी । पाकिस्तानी अभिनेत्री किस्मत बेगको गोली हानी हत्या गरिएको छ । एउटा शो मा सहभागि भएर फर्किँदै गरेकी उनलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । बेगका शरीरका विभिन्न स्थानमा ११ गोली लागेको भेटिएको छ ।
उनी कारमा रहेकै बेला उनीमाथि गोली हानिएको थियो । कारका चालक भने घाईते भएका छन् । कार चालकले बेगलाई तत्कालै अस्पताल पुर्याएपनि अस्पतालले उनलाई मृत घोषित गरेको थियो । प्रहरीले घटनाका बिषयमा अनुसन्धान गरिरहेको छ । अभिनेत्री किस्मत बेगप्रति हार्दिक श्रद्धाञ्जली । kismat-beg

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु