अभिनेत्री जुलिया घरमा एयर ट्राफिक कन्ट्रोलरको भूमिकामा

म्यूजिक खबर
प्रकाशित: १४ फाल्गुन २०७२, शुक्रबार

अभिनेत्री जुलिया रोबर्टस् हलिउडमा अत्यन्तै व्यस्त नायिकाको सुचिमा पर्छिन । उनि फिल्मीक्षेत्रमा जति व्यस्त हुन्छिन् त्यति नै फुर्सदको समयमा पनि व्यस्त हुने गर्दछिन् । फिल्म क्षेत्रबाट पाएको फुर्सदको समयमा उनि घरमा व्यस्त हुन्छिन् । आफ्नो फुर्सदिलो समयलाई आम सेलिब्रेटिको भन्दा फरक तरिकाले बिताएर उनि व्यस्त बन्दछिन् । यस्तो समयमा उनी घरको किचनमा व्यस्त हुन्छिन्, विभिन्न खानाका परिकार बनाउन ।उनी आफ्नो घरभित्रको जिम्मेवारीलाई ‘यअर ट्राफिक कन्ट्रोलरको’ जागिरसँग तुलना गर्छिन् । ‘मेरो घरमा आउनुस्, मलाई यअर ट्राफिक कन्ट्रोलरजस्तै व्यस्त देख्नुहुन्छ,’ जुलियाले भनिन् ।
तीन सन्तानकी आमा जुलिया आफ्ना श्रीमान् र सन्तानको इच्छाअनुसार परिकार बनाउँदै खुवाउन रुचाउँछिन् । ‘म त्यस्ता परिकार बनाउँछु, जे अरूले खान रुचाउँछन्,’ जुलियाले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘अरूलाई मीठो–मीठो खुवाउन पाउनुलाई मैले जीवनको एउटा आनन्दित पाटो ठान्छु । जुलिया भ्याएसम्म दिनदिनै किचनमा बसेर खाना बनाउन खुसी हुन्छिन् ।

julia_roberts

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु