अमिर–क्याट्रिनाका लागि पाँच करोड

म्यूजिक खबर
प्रकाशित: १४ मंसिर २०७०, शुक्रबार

मुम्बई, (एजेन्सी) । बलिउडमा गीत राम्रो बनाउनका लागि निर्माता÷निर्देशक प्रतिस्र्धा छ । उनीहरुले एक गीतका लागि चलचित्रको अन्य खर्च बराबर खर्च गर्न पनि तयार हुन्छन् । यो प्रवृति आदित्य चोपडाले अँगालेका छन् । उनले आफ्नो चलचित्र ‘धुम–३’ को टाइटल गीतका लागि मात्र करिब पाँच करोड खर्च गरेका छन् । चयो कुरा हालै आएर खुलासा भएको हो ।
चलचित्रको यस गीतमा अभिनेता अमिर खान र क्याट्रिना कैफले नाचेका छन् । चलचित्रको शीर्ष गीतलाई हिट बनाउनका लागि चोपडाले अमेरिकाबाट २ सय जना जिम्याष्ट्रिक गर्ने समेत बोलाएका थिए । भनिन्छ, बलिउडमा एउटा गीतका लागि यसअघि यति धेरै रकम खर्चिएको थिएन । यस चलचित्रमा अमिर नेगेटीभ भुमिकामा देखिँदै छन् । धुमको पहिलो संस्करण सन् २००४ र दोस्रो संस्करण २००६ मा बनेको थियो । चलचित्रमा अभिषेक बच्चन तथा उदय चोपडा पनि मुख्य भुमिकामा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु