अलबिदा, जयललिता

म्यूजिक खबर
प्रकाशित: २१ मंसिर २०७३, मंगलवार

jayalalita

एजेन्सी, २१ मङ्सिर । जयललिता बलिउड तथा भारतीय राजनीतिमा प्रतिभाशाली नाम हो । तमिलनाडुकी अम्मा, तथा मुभि स्टार एवं पोलिटिकल क्विनका विभिन्न उपमा पाएकी लोकप्रिय अभिनेतृ तथा प्रभावशाली नेतृ जयललिताको मङ्गलबार बिहान ३ः०० बजे निधन भएको छ । तमिलनाडु राज्यकी मुख्य मन्त्री रहेकी जयललिताको चेन्नईको अपोलो हस्पिटलमा निधन भएको हो । बलिउड र राजनीतिमा उनले गरेको यात्रा दुबै क्षेत्रमा स्मरणिय रहेको छ । साथै महिला जागरणका लागि राजनीतिमा होमिएकी जयललिताको निधनले भारतले क्षती बेहोर्नु परेको छ । अलबिदा जयललिता

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु