अलविदा …कथाशिल्पी ‘मनु बाज्राकी’

म्यूजिक खबर
प्रकाशित: १९ माघ २०७४, शुक्रबार

काठमाडौं । नेपाली साहित्यमा लोकप्रिय कथाकारका रूपमा परिचित साहित्यकार मनु ब्राजाकीको निधन भएको छ । उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित ब्राजाकीलाई शनिबार एक्कासी ब्रेन स्ट्रोक भएपछि पाटन अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो ।

केही वर्ष अघि पनि कथाकार ब्राजाकीलाई मष्तिस्कघात भएको थियो।

नेपाली साहित्यमा लामो समयसम्म कथा लेखनमा सक्रिय ब्राजाकीको सातवटा कथासंग्रह र गजलसंग्रहहरू प्रकाशित छन् । स्वास्थ्य समस्याका बाबाजुद पनि उनी लेखनमा लागिरहेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु