अलिविदा मन्जु

म्यूजिक खबर
प्रकाशित: १७ चैत्र २०७०, सोमबार

काठमाडौं, १७ चैत । गायिका मन्जु महत हाम्रो सामु अब कहिल्यै नफर्किने गरी हाम्रो सामुबाट विदा भएर गइन् । उनले धेरैलाई नचाइन्, धेरैलाई हँसाइन् र मनोरञ्जन दिने क्रममै उनका स्वरहरुले मन्त्रमुग्ध गराइरहे तर अन्त्यमा उनले सबैलाई रुवाएरै विदा भइन् । अब हामीले खोजेर पनि उनलाई पाउँदैनौं, मात्र उनका स्वरमा सजिएका गीतहरुले मात्रै उनलाई अमर बनाइराख्ने छ । उनी मरेर पनि बाँचिरहनेछिन् ।
५ वर्षे छोरी र १७ महिने छोराका लागि चिची, पापा ल्याउने उनको इच्छा अब पूरा भएन । उनको मातृबात्सल्यबाट छोरा र छोरी बञ्चित रहिरहे । पोखराकी छोरी भएर धरानकी बुहारी बनेकी गायिका मन्जुको दुःखद् निधनले सम्पूर्ण गीतसंगीतप्रेमीहरुलाई मात्र नभएर सबै सर्वसाधरणलाई पनि रुवायो । काठमाडौंलाई कर्मथलो बनाएर मन्जुले धेरै गीत गाइन्, धेरैमा अभिनय गरिन् तर अन्तिम गीत रेकर्ड गर्ने क्रममा उनको दुर्घटनाबाट मृत्य हुन पुग्यो । यो दुखद् खबरले सबैलाई आज स्तब्ध बनाएको छ ।
‘रुदै रुदै जान्छु मेलामा’ भन्ने चर्चित गीतकी गायिका तथा मोडल मञ्जु महतले आज सबैलाई रुवाएर गइन् ।  मञ्जुले ‘रुदै रुदै जान्छु मेलामा’ गीतमा मोडलिङ गरेकी थिइन्, समकक्षी तथा लोकदोहोरी प्रेमीहरुलाई रुवाएर अलविदा भइन् । दुर्घटनाका कारण शनिबार निधन भएकी स्व. महतको सोमबार पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्तिम दाहसंस्कार गरिएको छ । २९ वर्षीया स्व. महतलाई उनका ससुराले दागबत्ती दिएका थिए

मञ्जु महतको शवलाई सोमबार बिहान साढे ११ देखि १ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सार्वजनिक श्रद्धाञ्जलीका लागि राखिएको थियो । मञ्जुलाई अन्तिम विदाई गर्न पुगेका कलाकारले आँशु थाम्न सकेनन् । मञ्जुको पार्थिव शरीरमा श्रद्धाञ्जलीका फूलहरु आइरिरहँदा उनका ढेड वर्षीय छोरा प्रस्तुत चिच्याईरहेका थिए । मञ्जुको अवोध छोरा प्रस्तुतलाई देखेपछि कलाकार तथा सर्वसाधारणको गला रोकिएको थियो । ‘मञ्जुले हामीलाई त छाडेर गइन् नै यी नाबालक छोरालाई पनि बिर्सेर गइन्’, गायक पशुपति शर्मा भन्दै थिए, ‘दैव पनि निष्ठूरी नै हुँदोरहेछ ।’ पछिल्लो गीत ‘सोह्र दुना आठ’ मञ्जुले पशुपतिसँगै गाएकी थिइन् । जुन गीतको लोकप्रियताले मञ्जुलाई ‘सोह्र दुना आठ’ गायिकाको ट्यागसमेत दिएको थियो ।
आज कल्पना नै गर्न नसकिने यस घटनालाई नचाहेरै पनि स्वीकार्नु परेको छ । यस घटनाले लोक दोहोरी क्षेत्र मात्र होइन गीतसंगीत पुरै उद्योगलाई स्तब्ध बनाएको छ । हाम्रो उद्योगले अब मञ्जु महतजस्तो गायिका पाउने छैन । मञ्जुले कहिल्यै रिसाउन नजान्ने एक मिलनसार र संघर्षशील गायिका थिइन् । उनका शत्रु एकजना पनि छैनन्, उनीहरु गुणले सम्पन्न कलाकार थिइन् ।
‘स्टेज क्विन’ का रुपमा लोकदोहोरी क्षेत्रमा आफूलाई चिनिएकी स्व. मञ्जुलाई अन्तिम श्रद्धाञ्जली दिन सभामुख सुवास नेम्बाङ, उर्जामन्त्री राधा ज्ञवालीलगायत राजनीतिक दलका नेता तथा कार्यकर्ता प्रज्ञा प्रतिष्ठान पुगेका थिए । सभामुख नेम्बाङले मञ्जुको निधनले आफूलाई दुखी बनाएको भन्दै राष्ट्रले एक प्रतिभा गुमाएका बताए । उनले भने, ‘म कला र कलाकारको सम्मान गर्छु, कलाकार भनेका राष्ट्रका सम्पति हुन् । गायिका मञ्जु महतको निधनप्रति दुःख व्यक्त गर्दछु ।’ गायिका मन्जुका लागि गीतसंगीत क्षेत्रका हस्तीहरुको बाक्लो उपस्थिति रहेको थियो । उनको अन्तिम संस्कारका लागि आर्यघाटमा पनि सर्वसाधरण एवं गायक गायिकाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
अलविदा मन्जु ।

Manju-Mahat-Bidai-2

Singer Manju Mahat

Manju-Mahat-Bidai-6

Singer Manju MahatManju-Mahat-Bidai-5

Singer Manju MahatManju-Mahat-Bidai-4

Singer Manju MahatManju-Mahat-Bidai-3

Singer Manju MahatManju-Mahat-Bidai-13

Singer Manju Mahat

 Manju-Mahat-Bidai-24

Singer Manju MahatManju-Mahat-Bidai-20

Singer Manju Mahat10155757_750617908295987_2063281809_n

Singer Manju Mahat10173816_750617904962654_495290079_n

Singer Manju Mahat DSC8057h

Singer Manju MahatDSC7991hp1

Singer Manju Mahatl DSC7998hp

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु