‘आईआईएफटी’का डिजाइनरहरु भारततर्फ…

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७४, शुक्रबार

काठमाडौं, २३ चैत । फेसन डिजाइनका विद्यार्थीहरुको एक टोली औद्योगिक तथा शैक्षिक भ्रमणमा भारततर्फ प्रस्थान गरेका छन् । इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ बागबजारमा अध्ययनरत सिनियर विद्यार्थीको टोली शुक्रबार भ्रमणमा निस्केका हुन् ।

फसेनका ती विद्यार्थीहरुले भारतको विभिन्न स्थानमा रहेको फेसन इन्टिच्युट, औद्योगिक क्षेत्र, बुटिक तथा डिजाइनिङ एजेन्सीहरुको भ्रमण र अवलोकन गर्नेछन् । डिजाइनिङ शिक्षालाई अझ प्रभावकारी र व्यवसायिकमूलक जानकारी होस् भन्ने हेतुले विद्यार्थीहरुलाई औद्योगिक शैक्षिक भ्रमणमा पठाएको आईआईएफटीले जनाएको छ ।

आईआईएफटीले डिजाइनिङका साथै मिडिया, मोडलिङ, मेनेजमेन्ट प्लानिङलगायत मेकअप सम्बन्धी पनि शिक्षण गराउँदै आएको छ ।

नेपालमा व्यवसायिक सञ्चानल गर्दा भारतकै कपडा आयातमा निर्भर पर्नुपर्ने भएकाले पनि यो शैक्षिक भ्रमण उपयोगी हुने आईआईएफटीका सिईओ नाजिर हुसैनले बताए ।

भ्रमणका क्रममा विद्याथीृहरुले दिल्लीमा रहेका ठूला–ठूला कपडा उद्योगहरुको समेत भम्रण र अवलोकन गर्नेछन् । साथै, उनीहरु जयपुरमा अवस्थित इलेन स्कुल अफ आर्ट एण्ड डिजाइनमा अध्ययनरत विद्यार्थीहरुसँग पनि आफ्नो अनुभव साट्ने हुसैनले बताए । भ्रमण टोलीका २६ विद्यार्थीसहित २८ जना सहभागी छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु