आजबाट विश्व साहित्य सम्मेलन, विश्व नेपाली साहित्य पुरस्कार” डा.भण्डारीलाई

म्यूजिक खबर
प्रकाशित: ८ कार्तिक २०७०, शुक्रबार

काठमाण्डौ । विश्व नेपाली साहित्य महासङघले ‘विश्व नेपाली साहित्य सम्मेलन’का अवसरमा भारतका वरिष्ठ साहित्यकार डा राजेन्द्र भण्डारीलाई ‘विश्व नेपाली साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ । त्यस्तै कवि विमला तुम्खेवालाई ‘विश्व नेपाली साहित्य युवा पुरस्कार’, मैथिलीभाषी साहित्यकार श्यामसुन्दर यादव पथिकलाई ‘विश्व नेपाली साहित्य महासङघ भाषाभाषी साहित्य पुरस्कार’ तथा साहित्यकार किशोर पहाडीलाई ‘विश्व नेपाली साहित्य सम्मान’ प्रदान गरिने भएको छ । ती पुरस्कारका राशि क्रमशः रु ५० हजार र रु २५ हजार तथा १० हजार रहने छन् । शुक्रबार हुने सो सम्मेलनका लागि भारतीय साहित्य अकादमी परामर्श समितिका अध्यक्ष (कुलपति) प्रेम प्रधान, सिक्किम विश्वविद्यालय नेपाली विभाग प्रमुख प्रा डा कविता लामा, हिन्दू विश्वविद्यालय, वनारसका भारतीय भाषा विभाग अध्यक्ष प्रा डा दिवाकर प्रधान, म्यानमाका लक्ष्मण् न्यौपाने, भियतनामका सन्ध्या रेग्मी शिवाकोटी र भुटानका डेन्जोङ साम्पाङलगायत गैरआवासीय नेपाल साहित्यकारको सहभागिता हुने महासङघका अध्यक्ष विश्वासदीप तिगेलाले बताउनुभयो । नेपाली साहित्यको विकास, विस्तार र सम्बद्र्धनका लागि विसं २०६७ असार २९ गते स्थापित महासङघको हालसम्म विश्वका १४ मुलुकमा १८ शाखा निर्माण्ँ भई सञ्चालनमा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु