आज विश्व संगीत दिवस मनाईंदै !

म्यूजिक खबर
प्रकाशित: ७ असार २०७४, बुधबार

असार ७, काठमाडौं । आज विश्व संगीत दिवस, विभिन्न कार्यक्रम गरि नेपालमा पनि मनाइँदैछ । हरेक बर्ष जुन २१ तारिखमा यो दिवस मनाउने गरिन्छ । अमेरिकी संगीतकार जोल कोहेनले सन् १९७६ मा दिवसको अवधारणा ल्याएका थिए तर दिवसको औपचारिक सुरुवात भने फ्रान्सबाट भएको मानिन्छ ।

यस दिनलाई लाई संगीतका पारखीहरुले विश्व संगीत दिवसको रुपमा मनाउँदै आएका छन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर आज ‘विश्व संगीत दिवस’ मनाईंदैछ ।

World-Music-Day-2017
यसै दिनको अवसरमा नेपाल सांगीतिक संघ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, कल्चरल कोअप्रेसन नेपाल, नेपाल सरकारको मातहतमा रहेको नेपाल कपिराइट रजिष्ट्रार्स अफिस लगायतका संघ संस्थाको संयुक्त आयोजनामा राष्ट्रिय नाचघर जमलमा यो दिवस मनाईदैछ । कार्यक्रममा सम्पुर्ण संगीत विधाहरुको प्रस्तुतिका साथ देश विदेशका संगीतकर्मीहरु, सबै जातजाती, एवं राष्ट्रिय स्तरका सांगीतिक संघ–संस्थाहरुको विविध प्रस्तुति रहने आयोजक संस्थाहरुको दावी छ ।

सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रममा नेपाली संगीत क्षेत्रमा आजिवन योगदान अग्रज स्रष्टालाई कार्यक्रममा बिशिष्ट सम्मानबाट सम्मानित गरिने पनि बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु