आफ्नै गाउँ सम्झिँदै गायक वीरबल

म्यूजिक खबर
प्रकाशित: २ चैत्र २०७४, शुक्रबार


२ चैत, काठमाडौं । गायक वीरबल ढकाल यतिबेला आफ्नै गाउँपाखातिर मन डुलाउन थालेका छन् । शहर छिरेको धेरै भइसक्यो, शहरको वातावरण गाउँको बालापन, वनपाखा, खोला खहरे, डाँडाकाँडाको रमणीय दृश्य र साथीसंगीको सामिप्यता सम्झिँदै गोर्खाको धार्चे वरपरको सम्झना गरेका छन् । मौलिक सालैजो गीत मार्फत् गाउँ सम्झिएका वीरबल ढकाल यो भन्दा पहिला पनि आफू जन्मिएको ठाउँ मान्वुलाई केन्द्रित गर्दै वरपरका गाउँलाई गीतमार्फत् सम्झिने गरेका छन् ।


रमेश बिजीको शब्दमा वीरबल ढकालको लय रहेको सालैजो भाकामा वीरबल ढकाललाई गायिका नीता गुरुङले स्वरमा साथ दिएकी छिन् । एकता फिल्म्सले निर्माण गरेको म्यूजिक भिडियोमा नारायण ढकाल र करिश्मा ढकालको अभिनय रहेको छ । दुर्गा पौडेलको छायाँकन, नवीन घर्तीमगरको सम्पादन रहेको यस म्यूजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । यस गीतलाई शितल म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।

 

 यो पनि हेर्नुहोस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु