आमा गाउने छोरी नाच्ने ! हेर्नुहोस् एक उत्कृष्ट भिडियो !

म्यूजिक खबर
प्रकाशित: ४ आश्विन २०७४, बुधबार

असोज ४, काठमाडौं । चर्चित गायिका एवं उद्घोषिका मन्जु पौडेल नेपालको सांगीतिक क्षेत्रमा चिरपरिचित नाम हो । स्वर, प्रस्तुति र रुपको समेत प्रशंसा बटुल्दै आएकी लोकप्रिय गायिका मन्जुले यतिबेला ‘दामी छ रेन्त’ भनेर गीत गाइरहँदा उनकै छोरी स्नेहा पौडेलले कम्मर मर्काएको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

छायाँछबी क्रियसनको आयोजनामा भएको कार्यक्रममा उक्त म्यूजिक भिडियोलाई सार्वजनिक गरिएको हो । बरिस्ठ संगीतकार सम्भुजित बास्कोटा को प्रमुख आतिथ्यतामा गीत तथा भिडियोसँग सम्बन्धित ब्यक्तित्वहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

बरिष्ठ पत्रकार शान्तिप्रियको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, गायिका एवं नेतृ कोमल वली, निर्देशक एवं कलाकार दिपाश्री निरौला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्रि पंगेनी लगायतले आतिथ्यता ग्रहण गरेका थिए ।

गीतमा मधु साश्रुको शब्द रहेको छ भने सन्तोस श्रेष्ठको संगीत रहेको छ । त्यस्तै छायाङ्कन दुर्गा पौडेलको छायांकन रहेको छ भने कोरियोग्राफी बि.गोर्खाली ब्वाईज र सम्पादन निशान घिमिरेको रहेको छ । भिडियोलाई सहिम प्रजापतिले निर्देशन गरेका हुन । भिडियोमा स्नेहा पौडेलको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु