आमिरको बहुप्रतिक्षित फिल्म ‘दंगल’ फेसबुकमा सार्वजनिक !

म्यूजिक खबर
प्रकाशित: ११ पुष २०७३, सोमबार

एजेन्सी । आमिर खानको बहुप्रतिक्षित फिल्म ‘दंगल’ रिलिज भएको तीन दिन मात्र भएको छ । यता उनको यो नयाँ फिल्म भने सोसल नेटवर्किङ साइट फेसबुकमा लिंक भएको छ । फेसबुकमा हाशमी एएचको नामको प्रोफाइलबाट पूरा साढे दुई घण्टाको फिल्म अपलोड गरिएको छ ।dangal-amir-khan

मिडिया रिपोर्ट अनुसार, उक्त घटना पछि फेसबुकबाट हासमीको अकाउन्ट हटाइएको छ । हाशमीले आफ्नो प्रोफाइलमा फिल्मको पूरा भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘यसलाई जतिसक्दो मानिसहरुमाझ सेयर गरौं ।’ फेसबुकमा फिल्म लोड भएपछि यसलाई चार लाखभन्दा बढि मानिसले हेरेका छन् ।

हासमी कहाँका हुन् भन्ने बारेमा यकिन भएको छैन । यद्यपी उनलाई भारतीय मिडियाले उनी पाकिस्तानका नागरिक भएको बताएका छन् । कसैले भने उनी दुबईमा बस्छन् भन्ने जानकारी दिएका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु