आयो काले दाइको राइफलको सिरानी (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १९ बैशाख २०७५, बुधबार

१९ बैशाख, काठमाडौं । काले दाइ चलचित्रको शीर्ष गीत राइफलको सिरानी यतिबेला चर्चाको शिखरमा छ । दुई दिन अगाडि मात्र यूट्यूबमार्फत सार्वजनिक भएको चलचित्र ‘काले दाइ’को शीष गीत ‘राइफलको सिरानी’ लाई ध्रुव विस्को र सहिमा श्रेष्ठले स्वर दिएका छन् । सुमन बैरागीको शब्द र दिपक शर्माको संगीत रहेको यो गीतले यूट्यूबममा सार्वजनिक गरेको छोटो समयमा नै १ लाख ३० हजारभन्दा बढीले अवलोकन गरिसकेका छन् ।
शिव शर्माको निर्देशनमा बनेको चलचित्र काले दाइको शीर्ष गीत राइफलको सिरानीलाई नेपाली सेनाको ब्यारेकभित्र छायाँकन गरिएको छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा इन्द्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारीले कम्मर मर्काएका छन् ।

चलचित्रमा इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेको ‘काले दाई’मा पवन गौतम र रामेश्वर कार्कीको छायाँकन, तारा थापा किम्भेको सम्पादन रहेको छ । चलचित्रको प्रदर्शन मिति तय नभएको निर्देशक शर्माले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु