ऋषी खड्काको मौलिक शब्द तथा लय सिर्जनामा दशैँ गीत “ ए प्यारा ए प्यारा ”(भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०७५, बुधबार

रोशन पोखरेल , काठमान्डाँै , असोज ४
नेपाली संगितीक बजारमा दशैको लहर निकै चलिरहेको छ । कलाकारहरु दशैँका गीत बजारमा ल्याउन लागि परिसकेका छन् । सप्तऋषी म्युजिक प्रालीको प्रस्तुतिमा गायिका रितु थापा मगर र गायक ऋषी खड्काको ‘ ए प्यारा ए प्यारा’ बोलको गीतमा घरमा श्रीमती छोडेर धन कमाउन परदेश जानु पर्ने युवाहरुको बाध्यता लाई समेटिएको कथा छ ।

पछिल्लो समयमा सफल रुपमा मौलिक सिर्जना ल्याएर चर्चाको शिखरमा रहेको ऋषी खड्काको मौलिक शब्द तथा लय सिर्जना रहेको छ । बाध्यताको चपेडामा विदेशी भुमिमा पसिना बगाउनु पर्ने युवाको पिडालाई गीतमा समेटिएको छ । अजय रेग्मीको छयाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । श्रीमान श्रीमतिको भुमिकामा मोडल महेन्द्र गौत्तम र रितु थापा मगरको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु