एकल साँझका लागि समाजेसेवी विष्णु प्रसाद र लक्ष्मी नेपाल आउदै

म्यूजिक खबर
प्रकाशित: २६ माघ २०७०, आईतवार

काठमाडौं, २६ माघ । भारतको राजधानी दिल्लीमा बस्दै आएका समाजसेवी विष्णु प्रसाद बराल र श्रीमती लक्ष्मी बराल चेपाङ बालबालिकाको सहयोगार्थ गरिन लागेको गायक विरही कार्की एकल सा“झ कार्यक्रमका लागि नेपाल आउने भएका छन् । मुख्य प्रयोजकका तर्फबाट २ लाख ११ हजार रकम सहयोग गसिसकेका बरालले चेपाङ बालबालिकाको हितमा गर्न लागिएको एकल साँझका लागि सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका छन् ।
दिल्लीमा रहेर समाजसेवामा सक्रिय रहेका विष्णुप्रसाद बराल अल इन्डिया भोलुन्टरी अर्गानाइजेशनका राष्ट्रिय महासचिव हुन् । उनले अल इन्डिया भोलुन्टरी अर्गानाइजेशन संस्थाको माध्यमबाट प्रवासमा रहेका नेपाली र स्वदेशमा रहेका नेपाली लगायतका विभिन्न पीडितहरुलाई सहयोगी गर्दै आएका छन् । उनीहरुले समाजसेवामा विगत लामो समय खचिईसकेका छन् । विष्णुप्रसाद एकल साँझका लागि प्रमुख अतिथिका रुपमा नेपाल आउन लागेका हुन् ।
त्यस्तै श्रीमती लक्ष्मी बराल सूर्य प्रसाद मेमोरियल शिक्षा निकेतन समितिको अध्यक्ष एवं बीबीआरल कन्स्ट्रक्सन लिमिटेडको डाइरेक्टर समेत रहेकी छन् । उनले पनि भारतमा बसेर विभिन्न संघसंस्थामा आबद्ध रही समाजसेवाको कार्यलाई अगाडि बढाइरहेकी छन् । समाजसेवामै समर्पित हुने लक्ष्यका साथ अघि बढेकी लक्ष्मी बरालले शिक्षा, स्वास्थ्य र उत्पीडित वर्गको क्षेत्रमा लामो समयदेखि समाजसेवा गरिरहेकी छन् । उनी एकल साँझ कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाल आउने भएकी हुन् ।
1688938_720663267951887_1255162065_nभारतमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका विष्णु प्रसाद बरालले चेपाङ बालबालिकाको सहयोगार्थ जस्तै पिछडिएका वर्गमा शिक्षा, खेलकुद र समाज विकासका विभिन्न कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विष्णु प्रसादले नेपाल समाजका युवाहरु कुलतमा नफसुन्, भोकले नमरुन् र शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने भावनाका साथ समाजसेवामा अघि बढेको बताएका छन् । जसले गर्दा नेपाल मुलुकभित्र निकै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने उद्देश्यका साथै नेपाली कलाकारहरुमा समाजसेवाका लागि यसरी नै कार्यहरु गर्दै जाने कुरामा निकै आशावादी रहेको बरालले बताएका छन् । त्यस्तै सूर्य प्रसाद मेमोरियल शिक्षा निकेतन समितिको अध्यक्ष एवं बीबीआरल कन्स्ट्रक्सन लिमिटेडको डाइरेक्टर समेत रहेकी श्रीमती लक्ष्मी बरालले पनि समाजसेवा नै प्रमुख धर्म रहेको हु“दा आफू उत्पीडित र पिछडिएका वर्गहरुको उत्थानका लागि सदैव तत्पर रहेको बताएकी छन् । उनले उत्पीडित वर्गको शिक्षा, स्वास्थ्य र समुन्नत समाज विकासका लागि यसरी नै सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
ram dangi_1त्यसैगरी प्रवासी नेपाल जनकल्याण समितिका अध्यक्ष राम डाँगी पनि यसका कार्यक्रमका लागि विशेष अतिथिका रुपमा नेपाल आउँदै छन् । उनले पनि एकल साँझका सहयोग जुटाउने काममा तीब्रताका साथ लागिरहेका छन् । उनी पनि प्रवासमा रहेर पनि नेपालीहरुको हकहितका लागि लडिरहेका छन् भने विभिन्न समाजसेवाको कार्यमा उनले सांस्कृतिक कार्यक्रमका माध्यमले अग्रसर भइरहेका छन् ।
त्यस्तै सहप्रयोजकका रुपमा एसियन खबर डटकम संचालन गर्दै आएका झरना कुमार थापाले समासेवामा हात फैलाएका छन् । उनले एकल साँझका माध्यमबाट गरिन लागेको समाजसेवामा आफू पनि सहभागी भएर सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि समाजसेवामा सक्रिय रहने बताएका छन् । कार्यक्रम सुनखानी म्यूजिकको आयोजनामा आगामी फागुन २९ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुँदैछ भने एनटीभी प्लस र अरनिको टेलिभिजनले कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्नेछ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु