एकल साँझ गर्दै देविका बन्दना

म्यूजिक खबर
प्रकाशित: २३ असार २०७१, सोमबार

काठमाडौं, २३ असार । दुई दशकभन्दा बढीसमय गीतसंगीतको क्षेत्रमा खर्चिएकी गायिका देविका बन्दनाले अब एकल साँझ गर्ने भएकी छिन् । आगामी साउन १६ गते राजधानीको रयाडिसन होटलमा एकल साँझ गर्न लागेकी देविका बन्दनाले एक वर्ष  पहिला बुटवलमा एकल साँझ गरेकी थिइन् भने चार वर्षअघि अमेरिका र लण्डनमा पनि एकल साँझ सम्पन्न गरेकी थिइन् ।  उनले साउन १६ गते साँझ होटल रयाडिसनको भव्य सभाकक्षमा उपस्थित दर्जनौं संगीतकर्मीहरुलाई ‘मेलोडी नाइट विथ देविका बन्दना’मार्फत मनोरञ्जन दिने भएकी छिन् । त्यतिखेरको एकल साँझमा उनले आफ्नो सम्पूर्ण गीतलाई म्यूजिक ट्रयाकमा गाएकी थिइन् भने यसपटकको कार्यक्रम पूर्ण सांगीतिक ब्याण्डसहित लाइभ हुनेछ । बन्दनाले कार्यक्रममा आफूले स्वर दिएका राष्ट्रिउ गीत, शुभकामना गीत, भजन र सुगम संगीतका अन्य गीतहरु पस्कने भएकी छिन् । उनलाई गायनमा विजेश पौडेल र छिरिङ भुटियाले साथ दिनेछन् ।

devika bandana
करिब डेढ घण्टासम्म चल्ने कार्यक्रममा उनले करिब १५ देखि १६ वटासम्म गीत गाउनेछिन् । ‘अच्छा लेकिन’, ‘भरे आउँछु सपनीमा’ ‘नेपाली माया चाहिन्छ’ सहित ‘यस्तै रहेछ यहाँको चलन’लगायतका चर्चित गीत गाउने उनले बताएकी छिन् । देविकाले ‘हे मायालु तिमीलाई धेरै धेरै सम्झना’ बोलको गीतबाट गायन यात्रा शुरु गरे पनि उनी ‘एउटा परदेशी’ र ‘यस्तै रहेछ यहाँको चलन’ गीतबाट चर्चामा आएकी हुन् । फिल्म ‘कस्तुरी’मा रहेको ‘तिमीलाई मेरो यो आँखामा’ बोलको गीतबाट पाश्र्र्वगायन शुरु गरेकी उनले विभिन्न फिल्ममा हिट गीत दिइसकेकी छन् । तर अहिले भने उनी फिल्मी गायनमा कमै सक्रिय छिन् । ‘देशको अवस्थाले फिल्म पनि कम बन्न थालेपछि एल्बमका गीतमा बढी समय दिन थालेकी छु,’ देविकाले भनिन् । उनको ‘आरती’ भिडियो भजन संग्रह हुँदै ‘शुभकामना’सम्म आइपुग्दा चौधवटा सोलो एल्बम स्रोतामाझ आइसकेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु