एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारको मनोनयन २ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ९ पुष २०७०, मंगलवार

 काठमाडौं, ९ पुस । नेपाल चलचित्र विकास कम्पनी (लि.) (एनएफडिसी) ले आयोजना गर्दै आएको “एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार” को दोस्रो संस्करण “एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७०” को प्रारम्भिक मनोनयन भाग २ सार्वजनिक गरिएको छ ।

 हरेक ४÷४ महिनामा सार्वजनिक गरिने प्रारम्भिक मनोनयनको भाग २ अन्र्तगत २०७० भाद्र १ देखि मंसिर मसान्त सम्म सार्वजनिक प्रदर्शनमा आएका कुल २९ चलचित्रको मुल्यांकन गरिएको एनएफडिसी अध्यक्ष निकिता पौडेलद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
 संयोजकसहित ५ सदस्य रहेको निर्णायक समितिबाट १७ बिधाका लागि सार्वजनिक मनोनयन अन्र्तगत प्रकाश सर्वोत्कृष्ट निर्देशकको बिधामा होस्टेलबाट हेमराज वि.सी., ढुवानीबाट पिताम्बर पाण्डे, मौनबाट सुरज भुषाल, मधुमासबाट सुदर्शन थापा र कालीबाट सविर श्रेष्ठ मनोनयनमा परेका छन् ।
 यस्तै हिरा सर्वोत्कृष्ट चलचित्रको बिधामा दुर्गिस फिल्मस्को होस्टेल, कविता फिल्मस्को ढुवानी,  क्वार्क फिल्म एण्ड आकाश आदीत्य इन्टरटेनमेन्टको मौन, फ्राइडे फिल्मस् को मधुमास र रेखा फिल्मस्को काली बिच प्रतिष्पर्धा हुनेछ ।
 यता शिब सर्वोत्कृष्ट अभिनेताको बिधामा मधुमासबाट आर्यन सिग्देल, मौनबाट अर्पण थापा, लोफरबाट दयाहाङ राई, ढुवानीबाट किशोर खतिवडा र ग्याम्बलरबाट सुमन सिंह मनोनयनमा छन् । भुवन सर्वोत्कृष्ट अभिनेत्रीका लागि कोही त छ बाट झरना थापा, मौनबाट नम्रता श्रेष्ठ, उर्वशीबाट नीता ढुङ्गाना, कालीबाट रेखा थापा र स्टारबाट सुमिना घिमिरे उत्कृष्ट ५ को मनोनयनमा छन् ।
 यस्तै नीर सर्वोत्कृष्ट सहअभिनेताको बिधामा होस्टेलबाट गौरव पहारी, मधुमासबाट मनोज आर.सी., राजनीतिबाट रमेश बुढाथोकी, लोफरबाट सागर लम्साल र सौर्यबाट सौगात मल्ल मनोनयनमा छन् ।
 यता वसुन्धरा सर्वोत्कृष्ट सहअभिनेत्रीको बिधामा उत्कृष्ट ३ को मात्र मनोनयन सार्वजनिक गरीएको छ । जसमा उर्वशीबाट अरुणिमा लम्साल, राजनीतिबाट पवित्रा आचार्य र मधुमासबाट शिवाङ्गिनी राणा मनोनयनमा परेका छन् । यस्तै विश्व सर्वोत्कृष्ट नवअभिनेताको बिधामा पनि ४ जना मात्र मनोनयनमा छन् । जसअन्र्तगत होस्टेलबाट अनमोल के.सी., सौर्यबाट अनुपविक्रम शाही, उर्वशीबाट किशोर श्रेष्ठ र होस्टेलबाट सलोन बस्नेत छन् ।
चैत्य सर्वोत्कृष्ट नवअभिनेत्रीको मनोनयनमा हाम्री चेलीबाट अञ्जु निरौला, राजनीतिबाट कोमल वली, होस्टेलबाट प्रकृति श्रेष्ठ, मधुमासबाट पूजा शर्मा र ढुवानीबाट सगुन शाही रहेका छन् ।
राष्ट्रिय चलचित्र पुरस्कार २०७० को प्रारम्भिक मनोनयन भाग २ अन्र्तगत चेतन सर्वोत्कृष्ट पटकथा लेखनका लागि मौनबाट अर्पण थापा, हाम्री चेलीबाट मनिष पन्थ, मधुमासबाट दिनेश न्यौपाने र अविनाश बिक्रम शाह, होस्टेलबाट हेमराज बिसी र ढुवानीबाट पिताम्बर पाण्डे रहेका छन् ।
 यस्तै भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशकको बिधामा ढुवानीबाट देव महर्जन, वार, बाउन्सर र ग्याम्बलरबाट हिमाल केसी र कालीबाट रोशन श्रेष्ठ मनोनयनमा छन् । हिमाल एकै बिधाका लागि ३ चलचित्रबाट मनोनयनमा परेका हुन ।
 मञ्जु सर्वोत्कृष्ट छायाँकारको बिधामा उर्वशीबाट दीव्य सुबेदी, मधुमासबाट दीपक बजाचार्य, होस्टेलबाट हरि हुमागाई, ढुवानीबाट पुरुषोत्तम प्रधान र मौनबाट सञ्जय लामा मनोनयनमा छन् ।
 यता तुलसी सर्वोत्कृष्ट सम्पादकका लागि कालीबाट बनिष शाहर अर्जुन जि.सी., सौर्यका लागि चन्दन दत्त र बिशाल कोइराला, मौनका लागि निमेश श्रेष्ठ, र होस्टेल र ढुवानीबाट सुरेन्द्र पौडेल मनोनयनमा परेका छन् । सर्वोत्कृष्ट सम्पादकका लागि सुरेन्द्र पौडेल दुई चलचित्रबाट मनोनयनमा हुन् ।
 यस्तै प्रदीप सर्वोत्कृष्ट ध्वनी पुनः मुद्रणका लागि सौर्यबाट विशेष पाण्डे, कालीबाट मुकेश शाह, लोफरबाट नारायण जोशी र ढुवानी र होस्टेलबाट उत्तम न्यौपाने मनोनयनमा छन् । यस बिधामा उत्तम ढुवानी र होस्टेल दुई चलचित्रबाट परेका छन् ।
 गीत संगीतको कुरा गर्दा शम्भु सर्वोत्कृष्ट संगीतकारको बिधामा चलचित्र राजनीतिको ए हावा र विन्दास २ को सुन्छु तिमीले बोलको गीतबाट अर्जुन पोखरेल, कालीको स्लोली स्लोलीबाट वसन्त सापकोटा, जंजीरको किन गाह्रो गाह्रो बोलको गीतबाट टंक बुढाथोकी र मधुमासको आँटी सकयो बोलको गीतबाट सुरेश अधिकारी मनोनयनमा परेका छन् । यस बिधामा अर्जुन पोखरेल २ चलचित्रबाट मनोनयनमा छन् ।
 यता उदित सर्वोत्कृष्ट पाश्र्वगायनका लागि मधुमासको आँटीसक्यो बोलको गीतबाट अञ्जु पन्त, सोही गीतबाट दीपक लिम्बु, कालीको स्लोली स्लोलीबाट मिलन अमात्य, राजनीतिको ए हावा बोलको गीतबाट सञ्जिवनी र बिन्दास २ को सुन्छु तिमीले बोलको गीतबाट शिव परीयार मनोनयनमा परेका छन् ।
 यस्तै शुभ सर्वोत्कृष्ट पाश्र्व संगीतको मनोनयनमा ग्याम्बलरबाट एलिस कार्की, राजनीतिबाट अमित श्रेष्ठ, होस्टेल र मौनबाट रोहित शाक्य र ढुवानीबाट सुजिल कर्माचार्य छन् । यो बिधामा रोहित दुई चलचित्रबाट मनोनयनमा छन् ।
 वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशकको लागि कालीको स्लोली स्लोली र लोफरको एक्कासी दुक्कासी बोलको गीतबाट कविराज गहतराज, मधुमासको आँटीसक्यो बोलको गीतबाट रेनाशा राई, उर्वशीको सजाउँला बोलको गीतबाट बब्बु थापा र ग्याम्बलरको कति खुशी बोलको गीतबाट राजन राई मनोनयनमा परेका छन् । वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशकको बिधामा कविराज गहतराज दुई चलचित्रबाट मनोनयनमा छन् ।
 चलचित्र उद्योगमा २५ वर्षभन्दा लामो समय सम्म योगदान पु¥याएका र हाल पनि क्रियाशिल विशिष्ट चलचित्रकर्मीहरुलाई उच्च सम्मान व्यक्त गर्दै तिनै दिग्गज हस्तीहरुको नाम बाट नामाङ्करण गरीएको अवार्डमा पुरस्कृत हुनेहरुलाई सम्मानपत्र, ट्रफीका साथमा नगद राशीको समेत व्यवस्था गरिएको छ । जसमा सर्वाेत्कृष्ट चलचित्र निर्देशकलाई ट्रफी, प्रमाणपत्रसहित रु १ लाख र “मह” जुरी अवार्डको बिधामा ट्रफी, प्रमाणपत्रसहित स्वदेशीलाई ५१ र विदेशी श्रष्ट्राको हकमा भने  ट्रफी, प्रमाणपत्रसहित ५५५ युएस डलर प्रदान गरिने छ । यस्तै अन्य सम्पुर्ण बिधाहरुमा ट्रफी, प्रमाणपत्रसहित रु ५१ हजार प्रदान आयोजकले जनाएको छ ।
 नेपाल सरकार चलचित्र ऐन २०२६ तथा चलचित्र नियमावली २०५७ बमोजिम निर्माण भई केन्द्रीय चलचित्र जाँच समितिबाट जाँचपास भई वर्षभरीमा नेपालका कम्तिमा ५ वटा चलचित्र घरहरूमा व्यवसायिकरूपमा प्रदर्शनमा आएका नेपाली चलचित्र तथा उक्त चलचित्रमा संलग्न एवं सहभागी कलाकारहरू, प्राविधिज्ञहरू तथा लेखक राष्ट्रिय चलचित्र पुरस्कारका लागि छनोट प्रक्रियामा स्वतः सामेल छन् । अवार्डमा कुल २० बिधा समावेश छन् ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु