एपीवान टेलिभिजनले गरेको बुगीबुगी चैत १५ बाट

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७४, शनिबार

३ चैत, काठमाडौं । नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेञ्चाइज गायन रियालिटी शो ‘नेपाल आइडल’ पछि एपीवान टेलिभिजनले अर्को अन्तर्राष्ट्रिय फ्रेञ्चाइज डान्स रियालिटी शो ‘बुगी वुगी’ सञ्चालन गर्ने भएको छ । यो रियालिटी शो आगामी चैत १५ गतेबाट टेलिभिजनमा प्रिमियर हुँदैछ ।

सन् १९९६ मा भारतका नावेद जाफरी र रवी भेलले सुरु गरेको यो रियालिटी शोको नेपाली संस्करणमा अभिनेता दिलिप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज निर्णायक छन् ।

शोको पहिलो भागमा देशभरबाट छानिएर आएका हजारौं सहभागीबाट उत्कृष्ट सय अनि सयबाट पनि उत्कृष्ट भएका १८ प्रतिस्प्रर्धीहरुले आफ्नो नृत्य कला प्रस्तुत गर्नेछन । शोको निर्देशन एलेन श्रेष्ठले गर्नेछन् । उनका अनुसार विजेताले कार, १५ लाख नगद तथा विभिन्न पुरस्कार पाउनेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु