ओस्कार बिजेता अभिनेता फिलिपको अन्तिम संस्कार

म्यूजिक खबर
प्रकाशित: २५ माघ २०७०, शनिबार
हलिउडको चर्चित ओस्कार बिजेता अभिनेता फिलिप सेमुर हफम्यानको गत केहि दिन अगाडी न्युयोर्कमा अन्तिम संस्कार गरिएको छ ।
अन्तिम संस्कारमा उनको परिवारका सदश्य र हलिउड चलचित्र उद्योगका नजिकका साथि देखी अहिले पछिल्ला कलाकारहरु पनि उपस्थित रहेका थिए । समाचार एजेन्सीहरुका अनुसार अभिनेता हफम्यानको मृत्यु ड्रग्सको कारण भएको हो । ड्रग्सको मामलामा पुलिसले ४ जना मानिसहरुलाई पक्रिन सफल पनि भएको छ । अभिनेता फिलीप आफ्नो अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका थिए । उनको शरीरमा इन्जेक्शन लगाइएको थियो ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु