कति वर्षका भए भर्सटायल कलाकार शंकर विसी ? मनाउँदैछन् आज जन्मदिन !

म्यूजिक खबर
प्रकाशित: ३१ जेष्ठ २०७५, बिहीबार

ज्येष्ठ ३०, काठमाडौं । लामो समयदेखि मोडलिङ र म्यूजिक भिडियो निर्देशनमा राज गरिरहेका शंकर विसीको आज जन्मदिन परेको छ । आज आफ्नो ३९औं जन्मदिन मनाउँदै छन् ।

नेपाली गीतसंगीतको क्षेत्रमा सबैभन्दा धेरै नाँचेर नाम र दाम कमाएका शंकरको फेसबुक वाल यतिबेला बर्थडेमय भएको छ । नेपाली गीत संगीत क्षेत्रका विभिन्न विशिष्ट एवं नाम चलेका व्यक्तित्वहरुबाट पनि शुभकामना पोष्ट भइरहेका छन् ।

यो हुनुमा उनको कर्मको फल नै मान्नुपर्छ किनभने अहिलेसम्म शंकरले १५०० बढी म्यूजिक भिडियोमा अभिनय गरीसकेका छन् भने ४००० (चार हजार) बढी म्युजीक भिडियो निर्देशन गरीसकेका छन् ।

मिलनसार स्वभावका शंकर केहि दिन यता अमेरिकामा छन् । त्यसैले यो पालीको जन्मदिन पनि उनले अमेरिकामा नै मनाउँदैछन् । श्रीमती निशा सुनार, मोडल पार्वती राई, गायक बिमल डाँगी, गायिका सरिता डाँगी लगायत अन्य कलाकर्मीका बिचमा उनले केक काटेर बर्थ डे सेलिब्रेसन गरिसकेका छन् ।

अमेरिकामा हिपअप डान्स सिकीरहेको बताउँदै शंकरले भने ‘छोरी सनिसा र नेपाललाई अति नै मिस गरिरहेको छु, त्यसैले चाँडै नै नेपाल फर्किनेछु ।

म्यूजिक खबरका तर्फबाट लोकप्रिय एवं भर्सटायल कलाकार शंकर विसीलाई जन्मदिनको लाखौंलाख शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु