कति वर्ष लागे बरिष्ठ संगीतकार शम्भुजित ? आज मनाउँदैछन् जन्मदिन !

म्यूजिक खबर
प्रकाशित: १ चैत्र २०७४, बिहीबार

चैत्र १, काठमाडौं । चार दशकदेखि संगीत क्षेत्रमा लागेर नेपाली संगीतको संरक्षण, प्रवर्धन र विकाशमा योगदान पूर्याउँदै आएका बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको आज जन्मदिन परेको छ ।

काठमाडौँको पानी पोखरीमा पिता गोपालबहादुर बास्कोटा र आमा मिठु बास्कोटाका एक्लो पुत्ररत्नकारुपमा २०१३ साल चैत्र १ (१५ मार्च १९५७) मा जन्मिएका बास्कोटाले आज ६० औं वर्ष पुरा भई ६१ औं वर्षमा प्रवेश गरेका हुन् । यद्यपी उनले शारीरिक तथा मानशिकरुपमा तन्नेरी झैं तन्दुरुस्ती र स्फूर्ति देखिन्छन् ।

उनको सांगीतिक करियर गायक तथा संगीतकारको रुपमा २०२८ सालबाट सुरु गरेका हुन् । यसपछिका दिनमा उनले आधुनिक गीति आयाम र अभियानमा आफुलाई उत्कृष्ट सर्जककोरुपमा निरन्तर स्थापित गरिरहे । कर्णप्रिय संगीतहरु एक पछि अर्को रेडियो नेपालमा रेकर्ड गरे । यहि बिचमा उनले ७०० जति रेडियो तथा टिभी जिङ्गलहरु समेत तयार पारे ।

विभिन्न समयमा  नेपाल टेलिभिजनको लोगो धुन र समाचारको धुन समेत यिनैले तयार पारे । रेडियो नेपालमा भजन ,स्वदेशगान ,आधुनिक गीत ,सुगम गीत ,पप गीत ,भाषा भाषीका गीत ,लगायत प्रयोगात्मक शैलीका भिन्न खाले गीतहरु उनले तयार पार्दै गए ।

संगीतप्रेमीहरुका प्रिय संगीतकार शम्भुजित बास्कोटाले १७ बर्षको उमेर देखि नै नेपाली संगीतको क्षेत्रमा संगीतकारको रुपमा काम गर्न थालेका हुन् । उनले स्वरसम्राट नारायणगोपाल देखि पछिल्लो पुस्ताका गायक गायिकाहरुसंग समेत मिलेर काम गरेका छन् ।

अहिले सम्म २०० भन्दा बढी गायक गायिकाहरु संग काम गरि सकेको अनुभव छ उनि सँग उनको संगीतमा स्वरसम्राट नारायणगोपालले समेत ४ वटा गीतहरु गाएका छन् । बास्कोटाले एक दर्जन भन्दा बढी फिल्ममा कथा, तीन सय फिल्ममा संगीत, चार हजार भन्दा बढी गीतमा संगीत र शब्द र स्वर दिएका छन् ।

हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति समेत रहेका नेपाली संगीत क्षेत्रका नक्षत्र शम्भुजित बास्कोटा ज्यूलाई म्यूजिक खबर परिवारको तर्फबाट जन्मदिनको शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु