कमला केसीको दशैँ तिहार गीत “ दिदि भाईँ ” भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: १७ आश्विन २०७५, बुधबार

काठमान्डाँै , असोज १८
लोकपारखी मनहरुको रोजाई अनुसारका विभिन्न मौलिक भाकाहरुलाई बजारमा ल्याएर सर्वाधिक चर्चाको शिखरमा रहेको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा निरन्तर रुपमा दशैँ तिहारका सिर्जना आइरहेका छन । सोही क्रममा रमेश डाँगीको शब्द तथा संगीतमा कमला केसीको दशैँ तिहार गीत “ दिदि भाईँ ” गीतको भिडियो बजारमा आएको छ ।
माइती र चेलि विचको प्रेमका सम्वादलाई निकै रोचक रुपमा समेटिएको छ । गीतमा रमेश डाँगी , कमला केसी र राधा डाँगीको आवाज रहेको छ । गीतमा रमेश डाँगी र गणेश डाँगीको शब्द सिर्जना रहेको छ भने रमेश डाँगीको मौलिक भाका रहेको छ । हरिश महराको छायाँकन , अविनास डिसीको सम्पादन ,बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा जय देवकोटा र कमला केसीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु