करुणानिधिको अन्तिम विदाईमा सुपरस्टार रजनीकान्त लगाएतका चर्चित व्यत्तित्वहरुको उपस्थिती

म्यूजिक खबर
प्रकाशित: २३ श्रावण २०७५, बुधबार

एजेन्सी । गत मंगलबार तमिलनाडुको पूर्व मुख्यमन्त्री तथा डिएमके प्रमुख एम करुणानिधिको ९४ वर्षको उमेरमा निधन भएको छ । करुणानिधिको निधनपछि तमिलनाडु लगाएत पूरै देश ९भारत० शोकमग्न भएको छ ।

अहिले सो राज्यमा एक दिन विदा र सात दिन शोकको लागि घोषणा गरिसकेको छ । उनको पार्थिव शरीरलाई तिरंगेमा राखिएको छ । भारतका चर्चित नेता तथा उनका समर्थकहरु लगाएत सुपरस्टार रजनीकान्त पनि उनलाई अन्तिम श्रद्धान्जली दिन पुगेका छन् ।

करुणानिधि २९ जुलाई देखि चेन्नालाईको कावेरी अस्पतालको इन्टिसिव केयर युनिट ९आइसियु०मा भर्ती गरिएको थियो । अस्पतालले दिएको बयान अनुसार करुणानिधिको उमेरको हिसावले उनको सबै शरीरको अंगहरुले काम गर्न छोडेको थियो ।

राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति लगाएतका तमाम नेताहरुले मंगलबार द्रविड मुनेत्र कड्गम नेता एम। करुणानिधिको निधनमा शोक मनाएका छन् । त्यस्तै तमिलनाडु सरकारले सबै सरकारी प्रतिष्ठान, स्कुल, कलेजहरु बन्द गरेको छ ।

मुख्य सचिवले बताए अनुसार सरकारले करुणानिधिको अन्तिम संस्कार आज९बुधबार० गर्ने घोषणा गरेको छ, भने सबै सरकारी प्रतिष्ठान तथा स्कुल र कलेजहरु बन्द गरिएको छ । उनको पार्थीव शरीरलाई अन्तिम बिदाईका लागि राजाजीमा राखिएको छ ।

मुख्य सचिवका अनुसार करुणानिधिको अन्तिम संस्कार राजकिय सम्मानका साथ गरिनेछ । पलानीस्वामीले राज्यको ग्याजेटमा शोक धुन प्रकाशित गर्न निर्देश गरेका छन् । करुणानिधिको मृत्युपश्चात राजकिय शोकको पहिलो दिन सबै सिनेमा घर तथा पेट्रोल पम्पहरु बन्द रहनेछन् ।

तमिल फिल्म निर्माता काउन्सिलको अध्यक्षा विशाल कृष्णले बुधबार कुर्नै पनि फिल्मको सुटिङ, रिलिज र शोहरुपिहत सबै कार्यक्रम पुरै राज्यमा बन्द हुने बताएका छन् ।

राष्ट्रपति प्रणव मुखर्जीले ट्वीट गर्दै भनेका छन्, ‘कलैगनार एम। करुणानिधिको मृत्युले स्तब्ध बनाएको छ । ६० वर्षसम्म पाँच पटकसम्म मुख्यमन्त्री र केन्द्रमा कयौं गठबन्धनको स्तम्भमा उनले प्रदेश र राष्ट्रिय राजनीतिमा जुन प्रकारको प्रभाव जमाएका छन् । यी सबै कुराहरुको धेरै सम्झना रहनेछ । उनको परिवार र प्रसंशकहरुलाई मेरो गहिरो सम्वेदना छ ।’

उपराष्ट्रपति वैंकैया नायडुले करुणानिधिले प्रमुख र लामो समयसम्म राजनीति गर्ने वाला राजनीतिज्ञहरु मध्ये एक भएको बताएका छन् ।

यता दिल्लीको मुख्यमन्त्री अरविंन्द केजरीवालले पनि द्रमुख प्रमुको निधनमाथि शोक प्रकट गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘महान नेताको मृत्युको समाचार सुनेर निकै दुःखी भएको छु । इश्वरले उनको आत्मालाई शान्ती प्रदान गरोस् ।’

करुणानिधिको मृत्युपछि उनको अन्तिम संस्कारलाई लिएर विवाद उत्पन्न भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु