कलिउड कल्चरको छैठौं वार्षिकोत्सव

म्यूजिक खबर
प्रकाशित: २९ असार २०७१, आईतवार

काठमाडौं, २९ असार । कला क्षेत्रमा क्रियाशील रहेर राम्रा भन्दा राम्रा कलाकार उत्पादन गर्दै आएको कलिउड कल्चर ग्रुपले आफ्नो स्थापनाको छैठौं वार्षिकोत्सव मनाएको छ । कोरियोग्राफर एवं निर्देशक भुवन लामाद्वारा स्थापना गरिएको कलिउड कल्चरले चलचित्र एवं संगीत क्षेत्रमा स्थापित धेरै कलाकार जन्माइसकेको छ । सामाखुशीको रानीबारीमा कार्यालय रहेको यस कल्चरले छैठौं वर्षसम्म आइपुग्दा गरेको मेहनत र संघर्षलाई वार्षिकोत्सवको अवसरमा मूल्यांकन गरिएको थियो । गुरु पूर्णिमाको  दिन पारेर शुभारम्भ भएको कलिउड कल्चरले हाल पनि धेरै कलाकारहरुलाई नृत्य एवं अभिनयको प्रशिक्षण दिइरहेको छ ।

kollywood culture (6)

छैठौं वार्षिकोत्सवको अवसर पारेर कल्चरका अध्यक्ष भुवन लामा, म्यूजिक खबर डटकमका अध्यक्ष सुमन बैरागी र कल्चरबाटै प्रशिक्षण लिएर चलचित्रमा होमिएकी नायिका एनी कुँवरले संयुक्त रुपमा केक काटेर वार्षिकोत्सवको शुभारम्भ गरेका थिए । त्यस्तै उक्त अवसरमा विभिन्न कलाकारहरुले आफ्नो प्रतिभालाई प्रस्तुत गरेका थिए भने कोरियोग्राफर भुवन लामाकै ४ वर्षे छोरी लिबिया तामाङले नृत्य प्रस्तुत गरेकी थिइन् । लिबियालाई नृत्यलाई देखेर उपस्थित सम्पूर्ण दर्शकहरुले भोलिको तेरिया मगर हुने भन्दै प्रंशसा गरेका थिए । कलिउड कल्चरमा सरस्वती तामाङ र भुवन लामाले नृत्यको प्रशिक्षण दिँदै आइरहेका छन् ।

kollywood culture (1) kollywood culture (17) kollywood culture (16) kollywood culture (15) kollywood culture (14) kollywood culture (13) kollywood culture (12) kollywood culture (11) kollywood culture (10) kollywood culture (9) kollywood culture (8) kollywood culture (7) kollywood culture (5) kollywood culture (4) kollywood culture (3) kollywood culture (2)

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु