कस्तो होला टाइगर द रियल हिरो

म्यूजिक खबर
प्रकाशित: २४ माघ २०७०, शुक्रबार

काठमाडौं, २४ माघ । सधैं ग्ल्यामर चलचित्र निर्देशन गरेर आफ्नो छवि नै ग्ल्यामर बनाएका निर्देशक राजु गिरीले यसपाली भने टाइगर द रियल हिरोको सुटुक्क छायाँकन सकाएका छन् । यसभन्दाअघि निर्देशन गरेका चलचित्र रक्षा होस् या विन्दास सबैमा उनको ग्ल्यामर छवि झल्किन्थ्यो भने अब टाइगर द रियल हिरोमा भर्खरै मिस नेपाल भएर माछाले स्तन ढाकेकी शुभेच्छा थापालाई लिएका छन् । अब शुभेच्छा र राजु गिरीको कस्तो सहकार्य भइरहेको छ टाइगर द रियल हिरोमा त्यो भने प्रदर्शनपछि नै थाहा होला ।
शुभेच्छा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र टाइगर द रियल हिरोमो निर्माताको रुपमा काजोल गिरी छन् । काठमाडौंकै वरपरका दृश्यहरुलाई कैद गर्दै चलचित्र ‘टाइगर द रियल हिरो’को छायांकन २३ दिनमा सकाएको हो ।
यस चलचित्रमा अशोक फूयाँल, सुरज रानाभाट, शुभेच्छा थापा, समिक्षा अर्याल, दिपक कँडेल, गरिमा ज्ञवालीलगायतका कलाकारले अभिनय रहेको छ । यस चलचित्रमा आफ्नै पकेटका संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ भने रोशन श्रेष्ठको द्वन्द्व रहेको छ । यस चलचित्रमा चलचित्र पत्रकार शान्तिप्रिय र उत्तम गौडेलको शब्द रहेको छ । मुकेश हुमागाइँको छायांकन, रामजी लामिछानेको नृत्य रहेको यस चलचित्र पूर्णतया द्वन्द्वको कथामा आधारित रहेको गिरीको दाबी छ ।

tiger-the-real-hero

 

the tiger

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु