कृष्णले ल्याए ‘रातो टीका’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७४, आईतवार

काठमाडौं– रातो टीका बोलको दसैँ–तिहार गीत लिएर गायक कृष्ण भट्टराई फेरि दर्शक÷श्रोतामाझ आएका छन् । पछिल्लो समय निकै व्यस्त बन्दै गएका गायक भट्टराईको दसैँ–तिहार गीत विश्वराज राजवंशीले लेखेका छन् भने शंकर थापा (स्माईल)ले संगीत भरेका छन् । सञ्जय बरालले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियो विकास धमलाले सम्पादन गरेका छन् ।
विशेषगरी गीतमा धेरै वर्षपछि परदेशिएकाहरू दसैँ–तिहारको चाड मान्न स्वदेश आएको र भरपुर मनोरञ्जन र आनन्द गर्ने भाव समेटिएको छ । लिङ्गेपीङ खेल्ने, टीका थापी आशिर्वाद लिने, देउसी÷भैलो खेल्ने, सेलरोटी खाने, नयाँ–नयाँ लुगा लगाएर केटाकेटीहरूसँग रमाईलो गर्ने भाव बोकेको छ गीतले । म्युजिक मेलोडीमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियो सुन्दर नगरी पोखरामा छायांकन गरिएको हो । उक्त गीत यतिबेला युट्युवमा निकै रुचाईएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु