कृष्णसमिपले सुषमालाई साइकलमा भगाए : फोटो फिचरसहित

म्यूजिक खबर
प्रकाशित: ३० भाद्र २०७०, आईतवार

गायक कृष्णसमिप सुवेदी पनि गजबकै छन् । कुनै बेला यिनले लोकगायनमा नाम कमाएकै थिए । आजभोली भने अलि फरक भएर देखिन थालेका छन् । फरक पनि कस्तो होला मोडललाई साइकलमा राखेर भगाउने । स्रोताहरुले राम्रा गीत लिएर आउलान् भन्ने सोचेका होलान् तर गायक भने एउटा मोडल सुष्मा अधिकारीलाई साइकलमा लिएर भागेछन् । कमसेकम एउटा गाडी किन्नु नभए मोटरसाइकलमा भए पनि भगाउनु नि ! कस्ती मोडल होलिन् ती पनि साइकलमै भाग्ने ?

कुरो अर्कै छ, गायक कृष्णसमिप सुवेदीको पछिल्लो गीतिसंग्रहका रुपमा आएको गीत ह्याव अ वान ड्रिम अर्थात् एउटा सपनाको म्यूजिक भिडियो सुटिङका क्रममा भएको केही दृश्यहरु थिए । लोकगायनबाट स्थापित भएका गायक कृष्णसमिप सुवेदीले अलि फरक स्टाइलमा आजभोली गीत गाउन थालेका छन् । लोक पप शैलीको उनका गीतहरुले अहिले बजारमा आफूलाई चर्चा ल्याउने प्रयासमा छन् । केही समयअगाडि मात्र मनको तिर्खा मेट्न बोलको गीत निकालेर धूम मच्चाएका गायक कृष्ण समिप सुवेदीले अब भने एउटा सपना देखिसकेका छन् ।
म्यूजिक भिडियोको सुटिङ स्थलका रुपमा मात्र नभएर काठमाडौं भ्याली फन पार्क (वाटर किङडम) सबैको आकर्षणको केन्द्र विन्दु बनेको छ । त्यही वाटर किङडम भक्तपुरको वरिपरि छायाँकन गरिएको म्यूजिक भिडियोमा मोडल सुषमा अधिकारी, जय बुढाथोकी र राजन रिजालको अभिनय हेर्न पाइन्छ । राजनको भने यस म्यूजिक भिडियो डेब्यू भएता पनि जय र सुष्माको भने धेरै नै भइसकेका छन् । शिव वि.क.को निर्देशन रहेको उक्त म्यूजिक भिडियोमा विदुर पाण्डेले छायाँकन गरेका हुन् । अव्यक्त प्रेमको कथावस्तु रहेको यस गीतको शब्द, स्वर र संगीत कृष्ण समिप सुवेदीकै रहेको छ । यस गीतलाई राधिका इन्टरटेनमेन्टले बजार प्रबद्र्धन गरेको छ ।

krishnasamip6

 

krishnasamip5

 

krishnasamip4

 

krishnasamip3

 

krishnasamip2

 

 

krishnasamip1

 

 

krishnasamip

 

krishnasamip7

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु