केकी र यशराज गोधुली साँझमा… (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १५ कार्तिक २०७०, शुक्रबार

नायिका केकी अधिकारी र नायक यशराज गरच गोधुली साँझमा मजा गर्दै गर्दा भेटिए । भर्खर भर्खर माया प्रेममा परेका बेला लुकी लुकी कर्के नजर लाउँदै गोधुली साँझमा भेट्दाको मजा छुट्टै हुने भएका कारण उनीहरु आजभोली गोधुली साँझमा भेट गर्न थालेका हुन् । पहिलो मायामा हुने खुल्दुलीभित्र उनीहरुको रोमान्स सुरु भएको छ । दुनियाँको आँखा छली एकान्तमा भेट्नुका मजा छुट्टै हुन्छ रे केकी र यशराजलाई ।

mazza
कुरो म्यूजिक भिडियोको हो । सन्तोष अधिकारीको शब्द र स्वर रहेको एल्बम ‘मजा छुट्टै’ को शीर्ष गीतको म्यूजिक भिडियो भर्खरै रिलिज भएको छ । सबै टेलिभिजनहरुबाट एकै साथ रिलिज गरिएको उक्त म्यूजिक भिडियोमा केकी अधिकारी र यशराजको अभिनयलाई हेर्दा लाग्छ कतै गोधुली साँझमा भेट्दाको क्षण त्यस्तै होला । यस गीतलाई बीबी अनुरागीले संगीत गरेका छन् । गोल्डेन क्रियशनको प्रस्तुति रहेको यस गीत संग्रहित गीतिसंग्रह भने तिहारपछि रिलिजको तयारीमा रहेको छ । गायक सन्तोष अधिकारीको शब्द र संगीत रहेको मजा छुट्टै एल्बममा संगीतकार सन्तोष श्रेष्ठ र बीबी अनुरागीले पनि एक एक वटा गीतमा संगीत दिएका छन् ।

santosh adhikari

भिडियो

[youtube]http://youtu.be/wddbGc8SUkg[/youtube]

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु