केशव विश्वकर्माले ल्याए सबैलाई रुवाउने गीत ‘धन हुनेलाई मन नहुने’ हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: ८ असार २०७५, शुक्रबार

असार ८ काठमाण्डौ | गीतकार केशब बिश्वकर्मा यस पालि भने एकदम यथार्थबादी गीत (धन हुनेलाई मन नहुने मन हुनेको धन) गीत लिएर दर्शक स्रोता माझ आएका छन् | उक्त गीतमा गायक/ संगीतकार प्रदिप लामाको संगीत रहेको छ भने, गायक/ संगीतकार पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ |

गीतको भिडियोलाइ गीतकार बिश्वकर्मा स्वयम्ले निर्देशन गरेका हुन् | अहिलेको समय सापेक्ष अनुसार धन हुनेको मन नहुने यथार्थ परक कथालाई यस गीतको भिडियोमा चित्रण गरिएको छ | गीतको भिडियो एकदम मार्मिक बनेको छ | गीतको भिडियोमा बरीष्ठ कलाकार रामचन्द्र अधिकारी (गोक्ते काजि) र बाल कलाकार जेनिशा बुढा मगरको मनै रुवाउने अभिनय रहेको छ |

गीतलाई ३०,देखि ४० जना गायक गायिकाहरुले गाई सकेता पनि यो अफिसियल भिडियोमा भने बाल गायक शुरशाला आईडल यायुश केसी र बाल गायिका जिग्मी शेर्पाकोआवाज रहेको छ | गीतको भिडियोमा गायक/ संगीतकार पुस्कर सुनुवार ,बाल कलाकार जेनिशा बुढा मगर ,नव मोडेल एलिशा बजगाईं, शिसम नेउपाने ,मोडेल सुवाश तिमल्सिना ,लगायतका कलाकार हरुको दमदार अभिनय रहेको छ |

त्यसैगरी गीतको भिडियोमा मुकेश हुमागाईंको छायांकन मोहन सुनुवारको सम्पादन रहेको छ | उक्त गीतको भिडियोलाई मेलोडी नेपाल प्रोडक्सनले बजारमा ल्याएको छ | गीतलाई गीतकार बिश्वकर्माले आफुले देखेको सत्य घटनालाई आधार बनाएर केहि बर्ष अगाडिनै रचना गरेका थिए भने, बल्ल यो गीतको अडियो र भिडियो सार्वजनिक गर्ने समय जुर्यो भनछन् गीतकार बिश्वकर्मा | गीत अनेकौं रचना गरेता पनि यो गीत भने जिबन्त सदाबहार रहनेमा आशाबादी छु, र त्यसैले यो गीतको निर्देशन पनि आफैंले गरेको हुँ भन्छन, गीतकार बिस्वकर्मा |

भिडियो .

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु