के गरेका हुन् हमालले ?

म्यूजिक खबर
प्रकाशित: २५ माघ २०७०, शनिबार

काठमाडौं, २५ माघ । आजभोलि एल्बम विमोचन गर्ने शैली पनि फरक फरक छ । कहिले कसैको हातबाट विमोचन गराउनका लागि लाखांै खर्चिनेहरु पनि छन् भने कहिले मौका छोपेर विमोचन गर्नेहरु पनि छन् । मलेसियामा भएको रिमिक्स धमाका – ७ का अवसरमा ‘पिरतीको नाउँ’ नामक लोकदोहोरी गीत सार्वजनिक गरियो । स्रष्टाद्वय विनोद बस्नेत र शिवु घर्तीको संयुक्त प्रस्तुतिमा रहेको पिरतीको नाउँलाई रिमिक्स धमाकामा आफ्नो प्रस्तुति दिन पुगेका शब्द संकलक एवं लोक दोहोरी गायक शिव हमालको हातबाट विमोचन गराएका हुन् । तर गायक शिव हमालले स्टेजमा भइरहेको कार्यक्रममा विमोचन गर्दै गर्दाको दृश्य हेर्दा लाग्छ अवार्ड पाएर हात उठाएका हुन् की वान्स मोरका लागि माइक उठाउन लागेका हुन् या विमोचन नै गरेका हुन् । दृश्यले देखाउँछ विमोचन गर्ने शैली परिवर्तन भएको हो की भन्ने । हुन त लोकदोहोरी गीतहरु विमोचन गरिने गरेको पनि छैन त्यही भएर हुनाले पनि यस्तो हुन गएको हो की हमालले जानेकै यति हुन् भन्ने चाहिँ प्रष्ट भएन । एकातिर रिमिक्स धमाकामा उनीहरुको प्रस्तुति फ्लप भइरहेको अवस्थामा विमोचनको शैली पनि फ्लप भयो जस्तो देख्नेलाई लाग्यो बा !

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु