को हुन्, मुनाको मुटुमा नाम कोर्छु भन्ने ?

म्यूजिक खबर
प्रकाशित: ८ जेष्ठ २०७४, सोमबार

Muna-Thapaजेठ ८, काठमाडौं । लामो समयदेखि नेपालि लोक तथा दोहोरी गीतको क्षेत्रमा आफ्नो छुटै स्थान बनाउन सफल गायिका  मुना थापा मगरको स्वारमा सजियो ‘मुटुमा नाम कोर्छु भन्नेले’ बोलको गीत सार्वजनिक भएको छ ।

 

म्युजिक कम्पनीहरुको नाम गन्तीको अग्रस्थानमा आउछ प्रियशी म्युजिक प्रालि निरन्तर गीत तथा भिडियो सार्बजनिक गर्ने क्रममा हालै यहि प्रियशी म्युजिकको प्रस्तुतिमा ‘मुटुमा नाम कोर्छु भन्नेले’को म्युजिक भिडियोसहित सार्वजनिक गीरएको हो ।

 

गीतको स्वरमा मुनालाई गायक अमृत पुन मगरले साथ दिएका छन् । जसमा गायक अमृतकै सब्द तथा संगीत रहेको छ । भिडियोमा धोका र बिछोडको पीडालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ भने भिडियोमा बिमल अधिकारी सँगै पछिल्लो समय निकै भिडियोहरुमा देखिदै गरेकी मोडल सारिका केसीले अभिनय गरेकी छिन ।

 

काजिश श्रेष्ठको निर्देशन रहेको उक्त भिडियोलाई सागर गौतमले खिचेका छन् भने अविनास डिसीले सम्पादन गरेका छन् । गीत तथा भिडियोलाई बबिता पुरी र राजेन्द्र पुरीले बजार व्यवस्थापन गरेका छन् ।

को हुन्, मुनाको मुटुमा नाम कोर्छु भन्ने ? भिडियोमा हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु