खोक्रो सारङ्गीमा हरिवंश (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २९ चैत्र २०७०, शनिबार

काठमाडौं २९ चैत । चर्चित हाँस्य कलाकार हरिवंश आचार्य कमेडियनका रुपमा मात्र सीमित छैनन् । उनी एक सफल कलाकारभित्रका एक गायक पनि हुन् भने साहित्यकार पनि । केही समयपहिला मात्र चिना हराएको मान्छे लिएर पुस्तक लेखनमा दह्रिएका हरिवंशले अहिले भने खोक्रो सारङ्गी लिएर आएका छन् । यसभन्दा पहिला पनि सारङ्गी रेटौला मौका मिले फेरी भेटौंला, साझा बशमा जस्ता धेरै गीतहरु गाइसकेका हरिवंशले खोक्रो सारङ्गीमा पनि आफ्नै स्वर समावेश गरेका छन् । जसको शब्द संगीत भने गायक प्रेमराजा महतको रहेको छ । देशको परिस्थितिलाई व्यंग्य गर्न खोजिएको खोक्रो सारङ्गीमा रुविन गन्धर्व, लक्ष्मता कुसाङ्गीका साथमा हरिवंश आफ्नै अभिनय रहेको छ ।

[youtube]https://www.youtube.com/watch?v=OWFjUmPVFL8[/youtube]

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु