गजलकार हटुवालको दर्द सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ८ जेष्ठ २०७४, सोमबार

जेष्ठ ८, काठमाडौं । गजलकार ज्ञानदेव हटुवालको गीत गजलसंग्रह दर्द सार्वजनिक गरिएको छ । प्राध्यापक डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा गजलसंग्रह दर्दलाई सार्वजनिक गरिएको हो । नेता, सांसद, सचिव, विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्य तथा गीतसंगीतका वरिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा राजधानीमा एक कार्यक्रमको आयोजना गरी दर्दलाई सार्वजनिक गरिएको हो ।

gyandev hatuwal
सनसाइन आवासीय विद्यालय भैरहवाका संस्थापक प्रिन्सिपल समेत रहेका ज्ञानदेव हटुवाल लमजुङमा जन्मिएर भैरहवामा सामाजिक व्यक्तित्वका रुपमा परिचित छन् । सबैका मनमा बस्न सफल भएका ज्ञानदेव हटुवाल राम्रा सर्जकका रुपमा परिचित छन् । उनको पहिलो श्रव्यदृश्य कृतिका रुपमा दर्द सार्वजनिक भएसँगै उनको साहित्यिक पाटोलाई पनि सबैका सामु ल्याइएको हो । कार्यक्रममा गायक राज सिग्देलले गजल गायन प्रस्तुत गरेका थिए भने दुईवटा गजलको म्यूजिक भिडियोसमेत देखाइएको थियो । कार्यक्रममा एल्बममा समावेश रहेका स्रष्टाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । उपस्थिति अतिथिहरुले शुभकामनाका शब्दहरु खर्चंदै ज्ञानदेव हटुवालको साहित्यिक, सांगीतिक एवं सामाजिक जीवनमाथि चर्चा गर्दै गजलसंग्रहले झन् उचाइ थपेको बताएका थिए ।

dipak jangam

त्यसैगरी वरिष्ठ संगीतकार चन्दनकुमार श्रेष्ठ, चण्डी प्रसाद काफ्ले र दीपक जंगमलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । गीतसंगीतको क्षेत्रमा उल्लेख्य योगदान दिएवापत उनीहरुलाई सम्मान प्रदान गरिएको हो ।

chandi prasad kafle
एल्बममा कसरी बताउँ खै, नजिकिने बहनामा, तिमीलाई पाउने, दिएन साथ जिन्दगीले, सधैंभरि नबिर्सिने, देउतालाई फूलपाती, कुरी बसें तिमीलाईलगायत ९ वटा गीत समावेश गरिएको छ । जसमा बीबी अनुरागी, सुशीलकुमार श्रेष्ठ, राज सिग्देलको संगीत रहेको छ भने राज सिग्देल, मनोजराज, नीपा क्षत्री, सत्यराज आचार्य, अन्जु पन्त, राधिका भण्डारी, आनन्द कार्कीको स्वर रहेको छ ।

chandan kumar shrestha gyandev gyan_dev hatuwal

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु