गायक गणेश धर्ति मगर र गायिका सीता धर्ति मगरको दशैँ कोशेली ‘ ए प्यारी ’ भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: २८ आश्विन २०७५, आईतवार

काठमाडौँ, असोज २८
नेपाली लोकदोहोरी विकाशमा समर्पित म्युजिक बैंक नेपालको प्रस्तुतीमा गणेश धर्ति मगर र सीता धर्ति मगरको आवाजमा सजिएको मौलिक दशैँ गीत ‘ ए प्यारी ’ भिडियो बजारमा आएको हो ।
परदेशी माइती र चेली विचको सम्वादलाई मौलिक रुपमा प्रस्तुत गरिएको छ । परदेशमा गएको आफनो दाजुको यादमा बैनीले ब्यक्त गरेको वियोगान्त भोगाईलाई समेटिएको छ । गणेश धर्ति मगरको शब्द तथा लय सिर्जनामा गीत सजिएको छ । गीतमा एरेन्ज महेश पुनको रहेको छ भने गीतलाई विजय बुढाले रेकर्ड गरेका हुन ।
सुरेश श्रेष्ठको छायाँकन , नविन धर्ति मगरको सम्पादन , भगिरथ गाहा मगरको निर्देशन भिडियोमा रहेको छ । ‘ ए प्यारी ’ गीतको भिडियोमा अञ्जली अधिकारी , चन्द्र शेखर शाहीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु