गायक भक्तराजसँगै पत्रकार सम्मानित

म्यूजिक खबर
प्रकाशित: १७ आश्विन २०७०, बिहीबार

राजधानीमा आयोजित गरिएको गायक विमल डाँगी एकल साँझको अवसर पारेर भजन शिरोमणि भक्तराज आचार्यलाई नगद ५० हजार १ रुपैयाँ र सम्मानपत्रबाट सम्मान गरिएको छ । भजनशिरोमणि भक्तराज आचार्यलाई पशुपति म्यूजिक सम्मानबाट सम्मानित गरिएको हो भने पत्रकारिताको माध्यमले संगीत उद्योगमा पु¥याएको योगदानका खातिर पत्रकारहरुलाई पनि सम्मान गरिएको छ ।
संगीतको क्षेत्रमा क्रियाशील रहेर कमल चलाउने सम्मानित पत्रकारहरुमा चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी, महासचिव लक्ष्मण सुवेदी, संचारकर्मीहरु कान्तिपुर रेडियोमा कार्यरत हेम सुवेदी, तराई टीभीमा कार्यरत नरेश भट्टराई, अनलाइनखबरका विजय आवाज, साप्ताहिकमा कार्यरत कृष्ण भट्टराई,  कान्तिपुर टीभीमा कार्यरत प्रदिप निरौला, अन्नपूर्ण दैनिकमा कार्यरत अशोक प्यासी राई,  सुकृत नेपाल, सुरज श्रेष्ठ,  लगायतका रहेका छन् । कार्यक्रमलाई विन्ध्यवासिनी म्यूजिकले आयोजना गरेको थियो ।

patrakar-samman

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु