गायक राजेश राईको ‘ए कान्छी’ सार्वजनिक [भिडियो सहित]

म्यूजिक खबर
प्रकाशित: १० असार २०७४, शनिबार

आषाढ १०, काठमाडौं । चर्चित गीत तोडियो तोडियोका गायक राजेश राईको आवाज रहेको ‘ए कान्छी’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । चर्चित क्यामेराम्यान ज्ञानेन्द्र शर्माको यस पटक पनि राजेश राईसंगको सहकार्यमा भिडियो बजारमा आएको छ । अहिलेको व्यस्त डान्स ग्रुप भिमफेदी गाइजलाई राखिएको यस भिडियोमा अहिलेकी चर्चित मोडल अलिशा राईले साथ दिएकी छिन् ।

alica-rai Rajesh-rai
निकै उत्कृष्ट बनेको यस भिडियोमा भिमफेदी गाइजले न्रित्य साथै कमेडी देखाएका छन र मोडल अलिशाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

रहरै रहर एल्बममा समाबेश उक्त गीतलाई भिम राईले लेखेका हुन् भने गायक राजेश राईले संगीत र बिनय केटुको संगीतसंयोजन रहेको छ ।

भिडियोमा कोरेओग्राफी भिमफेदी गाइजकै रहेको छ भने मेकअप सन्ध्या पुन र सम्पादन निशान घिमिरेको रहेको छ । भिडियोलाई छायांकन तथा निर्देशन ज्ञानेन्द्र शर्माले गरेका छन् ।

भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु