गायक सञ्जोकको ‘म्हेन्दो माया’

म्यूजिक खबर
प्रकाशित: १० चैत्र २०७३, बिहीबार

चैत १०, काठमाण्डौ । गायक सञ्जोकले आफ्नो पछिल्लो गीत ‘म्हेन्दो माया’ बालको गीत तथा भिडियो सार्वजनिक गरेका छन् । अमेरीकाबाट केही महिना अगाडी मात्र नेपाल आएका सञ्जोकले आफ्नो पछिल्लो गीतको अडियो भिडियोलाई सार्वजनिक गरेका हुन् ।

sanjok limbu
राजन ईशानको एरेन्जमेन्टमा तयार भएको गीतमा शब्द तथा सगीत गायक स्वयं योन्जनकै रहेको छ । सार्वजनिक गीतको बारेमा बोल्दै गायक सञ्जोक योञ्जनले भने – ‘धादिङ, नुवाकोट रसुवा जिल्लाको तामाङ गाउमा बोलीने ‘म्हेन्दो माया’ थेगोलाई मैले गीतमा उतारेको हु । म्हेन्दो शब्दको अर्थ चाही फुल हो । म्हेन्दो माया को अर्थ चाही फुल माया“ हो ।’

भिडियोमा चर्चित भिजे एवं कुशल गायक सोनाम पाख्रीन र मोडल सुमि मोक्तानको अभिनय रहेको छ । भिडियोलाई अहिलेका व्यस्त निर्देशक पासाङ योन्जन लामाले निर्देशन गरेका छन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा प्रविण श्रेष्ठको सम्पादन, सागर तामाङको कोरियोग्राफी र सिमा गुरुङको श्रृंगार रहेको छ ।

sanjol
गायक सञ्जोक योञ्जनले ३ वर्ष अगाडी ‘सगुन’ नामक एल्बम सार्वजनिक गरेका थिए । सो एल्बमको ‘आलु र तामा’ बोलको गीत दर्शकहरुले अत्याधिक रुचाएका थिए । गायक सञ्जोकको सेलो जुहारी, दिलकी रानी, समुन्द्रपारी, सगुन, मुग्लान ह्यूल्सा एल्बमहरु बजारमा आएको छ । गएको २ महिना देखि ल्होछार र महोत्सबहरूमा बिभिन्न जिल्लाहरूमा ब्यस्त रहेको गायक सञ्जोक योञ्जन अहिले रेकर्डिङ र भिडियो छायाङकनमा ब्यस्त रहेका छन् । अब आउने एल्बममा गायक सञ्जोककै आफ्नै शब्द र संगित सहित १० वटा गित समाबेश हुने उनले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु