गायिका राधिका हमालको सुपर हिट दशैँ गीत ‘दशैँ आयो तिहार नी आउदै छ’ भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: १६ आश्विन २०७५, मंगलवार

रोशन पोखरेल , काठमाडौँ, असोज १७ – पछिल्लो समयमा ब्यापक चर्चामा आएकी गायिका राधिका हमाल र गायक अमर रोका मगर (विज्ञान) को आवाजमा बिल्कुलै फरक दसैँ गीत ‘‘दशैँ आयो तिहार नी आउदै छ’ ’ बजारमा सार्बजनिक भएको छ ।
दसैँ आउन करिब १५ दिन भन्दा माथि भएता पनि दसैँ गित ‘दशैँ आयो तिहार नी आउदै छ’ म्युजिक बैंक नेपालको आधिकारिक युटुव बाट सार्बजनिक भएको हो । गायक अमर रोका मगर (विज्ञान) को शब्द तथा मौलिक लोक लय सिर्जना गीतमा रहेको छ । देवराज गुरुङको छायाँकन , दिपक विष्टको सम्पादन , भगीरथ गहा मगरको निर्देशन भिडियोमा रहेको छ । गीतको मौलिक भाव अनुसार दिपक पुन मगर र इन्द्र माया मगरको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु