गीतकार उपाध्याय बैंक डुबाएर अमेरिका फरार

म्यूजिक खबर
प्रकाशित: ७ जेष्ठ २०७५, सोमबार

७ जेठ, काठमाडौं । गीतसंगीतको क्षेत्रमा आफूलाई वरिष्ठ गीतकार हुँ भन्ने गीतकार गोविन्ध प्रसाद उपाध्याय अमेरिकातर्फ पलायन भएको लामै समय भइसक्यो । नेपालमा छँदा बैंकको सिइअो जस्तो गरिमामय पदमा बसेका गीतकार उपाध्याय एकाएक अमेरिका किन उडे, ग्रीन कार्डको चक्करमा किन लागे भन्ने संगीत क्षेत्रमा नलागेको भने पक्कै होइन । रातारात डकुमेन्ट बनाएर कसैलाई थाहा नै नदिई अमेरिका हिंडेका गीतकार उपाध्याय एपेक्स बैंकको सिइअो रहँदा एक अर्ब घोटला गरी फरार रहेको बताइएको छ ।


हाल बैंक डुबाउने गीतकार उपाध्यायलाई इन्टरपोलले खोजी गरिरहेको बताइएको छ । बैंक घोटालामा संलग्न बैंकका तत्कालीन सिइओ गोविन्दप्रसाद उपाध्याय सहित अन्य तीन सञ्चालक छानबिन सुरु भएलगत्तै विदेश भागेको स्रोतको दाबी छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) स्रोतका अनुसार, तत्कालीन सञ्चालकहरु वसन्त मल्ल, लोकेन्द्र कर्माचार्य र रिता वादे श्रेष्ठ विदेश भागेका छन् । घोटालामा संलग्नहरुको खोजी गर्ने क्रममा उनीहरु विदेश भागेको खुलेको हो ।

त्यसो त बैंकभन्दा बाहिर पनि संगीतकर्मीहरुलाई तिनुपर्ने उनको धेरै नै रहेको खुलेको छ । सबै संगीतकर्मीलाई ठूला गफ दिएर काम गर्न लगाउने गर्दागर्दै उनी अमेरिका पुगेको पत्ता लागेको पनि पीडित संगीतकर्मीहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु